site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्ड अध्यक्षका उमेदवारको अन्तर्वार्ता ५ र ६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उमेदवारको अन्तर्वार्ताको मिति तोकेको छ । मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ताको मिति र समय पनि निर्धारण गरेको छ । 

बोर्डको अध्यक्षमा दरखास्त दिनेमध्ये छनोट भएका उमेदवारको नाम सार्वजनिक गरेको मन्त्रालयले अन्तर्वार्ता लिने भएको छ । अन्तर्वार्ताकै दिन नै व्यवसायीक कार्यायोजना पनि प्रस्तुत गर्नुपर्नेछ ।  

बोर्डको अध्यक्षका लागि अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको  उमेदवारी परेको छ ।  

अरुण कुमार प्रधान, दीपक श्रेष्ठ र नरेश कुमार पौड्यालको अन्तर्वार्ता मिति साउन ५ गते तोकिएको छ । उनीहरूलाई बिहान ७ देखि १० बजेसम्म अन्तर्वार्ताको समय तोकिएको छ । 

निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित र सम्झना उप्रेती रौनियारलाई अन्तर्वार्ताका लागि ५ गते दिउँसो ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको छ । 

बाँकी सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको  ६ गते शुक्रबार बिहान ७ देखि १० बजेसम्मका लागि समय निर्धारण गरिएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । 

असार ५ गते मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । तत्कालीन अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि आवेदन आह्वान गरिएको थियो । बोर्डको अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro