site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले स्कटल्यान्डलाई दियो १२९ रनको लक्ष्य 

काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले आइतबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डलाई जितका लागि १२९ रनको लक्ष्य पेस गरेको छ ।

स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान रिचे बेरिङटनले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका थिए । त्यसपछि ब्याटिङ थालेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सबैभन्दा धेरै ४० र कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ तथा देव खनाल र उपकप्तान रोहितकुमार पौडेलले समान १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुशल भुर्तेल ३ तथा आरिफ शेख शून्यमा पवेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले समान ७ रन बनाए ।

स्कटल्यान्डका हमजा ताहिरले ७.५ ओभरमा एक मेडनसहित २६ रन दिएर ४ विकेट लिए । मार्क वाटले ३ विकेट लिँदा र गाबिन मैनले दुई विकेट लिए । क्रिष्टोफर म्याकब्रिडको नाममा एक विकेट रह्यो । 

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर, शनिबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यस त्रिदेशीय शृंखलामा स्कटल्यान्डले दुवै खेलमा नामिबियालाई हराएको थियो । 

नेपालले नामिबियाविरुद्ध खेलेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, किशोर महतो र करण केसी टिममा पर्दा पवन सर्राफ, आदिल अन्सारी र बासिर अहमद टिमबाट बाहिरिएका छन् ।

किशोरको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू हो । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro