site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन र युरोपेली संघले उच्चस्तरीय व्यापार वार्ता गर्दै

ब्रसेल्स । ग्रीष्मकालीन विश्राम ब्रसेल्समा आउनुअघि युरोपेली युनियन (ईयू)ले मंगलबार चीनसँग उच्च–स्तरीय व्यापार वार्ता गर्ने छ । चीनसँग वार्ता गर्न २७–सदस्यीय ब्लकले तीन महिनाभन्दा बढी समयदेखि प्रयास गरिरहेको थियो ।

व्यापारका लागि युरोपेली आयुक्त वाल्डिस डोम्ब्रोभस्किस र चिनियाँ उप–प्रधानमन्त्री लिउ हेले भर्चुअल बैठकको सह–अध्यक्षता गर्नेछन् । जसमा दुवै पक्षका व्यापार र अर्थशास्त्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

युरोपेली आयोगका प्रतिनिधिका अनुसार बैठकमा खाद्य सुरक्षा र ऊर्जा मूल्य, आपूर्ति व्यवस्था, वित्तीय सेवाहरू, द्विपक्षीय व्यापार र लगानी सरोकारसहित धेरै विश्वव्यापी आर्थिक चुनौतीहरूबारे छलफल गरिने अन्तर्राष्ट्रिय समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । 

“युरोपमा युद्धको पृष्ठभूमि र विश्वव्यापी आर्थिक दृष्टिकोणमा बढ्दो अनिश्चितताकाबीच वार्ता भइरहेको छ,” एक प्रतिनिधिले भने ।

ईयू र चीनबीच अन्तिम उच्च–स्तरीय बैठक गत अप्रिलमा भर्चुअल शिखर सम्मेलनमा भएको थियो । युक्रेन—रुस युद्धमा चीनले आर्थिक वा सैन्य रूपमा समर्थन नगर्ने कुनै पनि आश्वासन ईयूले प्राप्त गर्न असफल भएपछि सो वार्ता विफल भएको थियो । तर दुवै पक्षहरू गर्मी आउनुअघि यी मुद्दाहरूमा ठोस उपायहरू खोज्न फेरि वार्ता गर्न सहमत भएका हुन् । जबकि ब्रसेल्सले बेइजिङलाई वार्ताको मिति तोक्न दबाब जारी राखेको थियो भने चीनले प्रतिक्रिया दिन समय लिएको थियो ।

अमेरिकाअन्तर्गत जर्मन मार्शल कोषका युरोप–चीन सम्बन्धमा बर्लिनस्थित विश्लेषक नोआ बार्किनले चीनले ढिलो प्रतिक्रिया दिनुलाई बेइजिङले युरोपसँगको नयाँ सम्बन्धमा समायोजन गर्न खोजेको हुन सक्ने बताएका छन् । 

साउथ चाइना मर्निङ पोस्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro