काठमाडौं । नयाँ आर्थिक वर्षलाई लक्षित गरेर सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनैपिच्छे ब्याज दिन लागेको बैंकले उल्लेख गरेको छ ।
यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जनाएको छ ।
साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने बैंकले उल्लेख गरेको छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको बैंकले जारी गरेको विज्ञप्क्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ ।