site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोपमा गर्मीको लहर : भूमध्यसागरमा फैलिएको भयावह डढेलो

लण्डन । युरोपमा गर्मीको लहर बढेसँगै भूमध्यसागरमा भयावह डढेलो फैलिएको छ । हजारौँ अग्नि नियन्त्रकहरू पोर्चुगल, स्पेन र फ्रान्सका जंगलमा लागेको आगो निभाउन प्रयासरत छन् । तर, गर्मीको लहरले स्थिति सहज हुने कुनै संकेत देखिएको छैन ।

यसै साता गर्मीकै कारण उत्तरी पोर्चुगलमा डढेलो निभाउन प्रयोग गरिने पानीबम बोक्ने विमान स्पेनको सीमा नजिक फोज कोआ क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा पाइलटको निधन भएको छ । पोर्चुगल अधिकारीहरूले गत हप्ता मात्रै गर्मीबाट कम्तीमा २३८ जनाको मृत्यु भएको बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यता फ्रान्सको अवस्था पनि केही फरक छैन । फ्रान्सको दक्षिण–पश्चिमी गिरोन्डे क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण डढेलो लागिरहेको छ । जहाँ बस्ने १२ हजारभन्दा बढी मानिसहरूलाई अन्य सुरक्षित क्षेत्रमा लगिएको छ । 

मानव–प्रेरित जलवायु परिवर्तनको कारण गर्मीको लहरहरू लगातार, तीव्र र लामो समयसम्म रहने गरेको बीबीसीले जनाएको छ । औद्योगिक युग सुरु भएदेखि नै विश्वमा लगभग १.१ डिग्री सेल्सियसले तापक्रम बढेको छ भने विश्वभरका सरकारले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्दै जाने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । 

फ्रान्सेली मौसम सेवाले आइतबार देशको दक्षिणी भागहरूमा तापक्रम ४१ डिग्रीसम्म रहने पूर्वानुमान गरेको छ । सोमबार तापक्रममा नयाँ किर्तिमानी रेकर्ड हुने भविष्यवाणी गरिएको छ । फ्रान्स सरकारले शनिबार थप २२ क्षेत्रीय विभागहरूलाई यसको एट्लान्टिक तटमा खतरा रहेको औँल्याउँदै उच्च चेतावनीमा राखेको छ ।

यस्तै, गत मंगलबारदेखि पोर्चुगलमा ४७ डिग्री सेल्सियस र स्पेनमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम बढेको छ । जसले ग्रामीण इलाकालाई सुक्खा बनाएको छ । आगलागी र डढेलो बढेको छ । पोर्चुगाली मौसम पूर्वानुमानविद्हरूले अर्को हप्ता तापक्रम घट्नुअघि ४० डिग्री सेल्सियसभन्दा माथि कायम रहने बताएका छन् । 

पोर्चुगलको सम्भावित आगलागी हुने स्थानहरू पोर्टो सहरको उत्तर–पूर्वमा पर्छन् । डढेलोले यस वर्ष त्यहाँ ३० हजार हेक्टर जमिनलाई नष्ट गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो क्षेत्र हो । सन् २०१७ मा पोर्चुगलमा बढेको अत्यधिक गर्मीले निम्त्याएको डढेलोले १०० जनाको ज्यान लिएको थियो । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro