site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.०९ अंकले घटेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता सेयर एक अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ । तर यता,होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से सामान्य अंकले बढेसँगै राधी विद्युत कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यता, सामुदायिक लघुवित्तको सेयरमूल्य साढे ७ प्रतिशत घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro