site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश सांसद भन्छन्– राणाकालजस्तै महालेखाले उर्दी जारी गर्‍यो

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले महालेखापरीक्षकको कार्यालय संघीय सरकारको इसारामा चलेको आरोप लगाएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।

“संविधानले दिएको नियम सबैलाई एउटै हुनुपर्छ । तर, महालेखाले एउटै देशमा दुईवटा नियम बनाएको छ,” उनले भने, “भुक्तानीको लागि केन्द्र सरकारलाई ३१ गतेसम्म, प्रदेश र स्थानीय तहलाई २५ गतेसम्म मात्रै समय दिइएको थियो । यो कहाँको कानुन हो ?”

KFC Island Ad
Dabur Nepal
NIC Asia

केन्द्र सरकारलाई संघीयता नपचेको भन्दै उनले राणाकालीन भेदभाव अझै कायम रहेको उल्लेख गरे ।

“प्रमाण हुँदाहुँदै पनि महालेखाले बेरुजु लेखिदिन्छ । छलफल नै नगरीकन प्रदेशसभामा पनि बेरुजु लेखिदिएको हामी सबैलाई जानकारी नै छ,” उनले भने, “त्यस्तो निकायले हामीलाई उर्दी जारी गर्छ । पहिला राणाकालमा उर्दी हुन्थ्यो । त्यही राणाकालको जस्तो अहिले महालेखाले हामीलाई उर्दी जारी गरेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro