राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीका लागि तत्काल हतियार खरिद नगरिने बताएका छन् । उनले हतियार किन्ने कार्यक्रम हाललाई रोकिएको जानकारी दिए ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले यस्तो बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले बैठकमा हतियार खरिद गर्ने पुरानो योजना भए पनि अब किन्न नसकिने बताएका थिए ।
“यो पुलिसको कार्यक्रम हो, चाहिने पनि हो । तर, अहिले पैसा छैन,” गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १५:५६
प्रतिक्रिया दिनुहोस्