site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अन्ततः यन्त्रणा, विरासत र याकजी
Sarbottam CementSarbottam Cement

अन्ततः यन्त्रणा
(उपन्यास : सुमन वर्षा)
नेपाली साहित्यिक वृत्तमा क्रियाशील स्रष्टा हुन्, सुमन वर्षा । उनी कविता लेखनमा निरन्तर सक्रिय छिन् । केही कवितासंग्रह ल्याइसकेकी सुमनको दोस्रो औपन्यासिक कृति हालै प्रकाशित भएको छ, ‘अन्ततः यन्त्रणा’ ।

सुमनसहित ६ कविहरूको संयुक्त कवितासंग्रह वर्ष दिनअघि प्रकाशित भएको थियो । तर, अहिले उनी आख्यानतर्फ पनि प्रवेश गरेकी छन् । आफू आख्यानतिर आउनुको कारण उपन्यासमा खुलाएकी छन् ।

आफ्नो भनाइमा उनले लेखेकी छन्, ‘...मैले मेरा हजुरबुवा–हजुरआमा, आमा–बुवा, दिदी–फुपू, काका–काकीहरूले भोगेको समय र परिवेशका कुराहरू, जुन मैले मेरो बाल्यकालदेखि नै सुन्दै आएको र मेरो स्मृतिमा हुर्कंदै गएको अनि झन् गाढा भएर रहिरहेका थिए । विशेषतः मेरी आमाले भोगेको पीडाले मेरो हृदयमा घनले ठोकेझैँ भइरह्यो । ...प्रस्तुत उपन्यास मेरो यस्तै स्मृतिमा रहेका कुराहरूको लिखित दस्तावेज हुन्...।’

Prabhu Bank
Agni Group
NIC Asia

उपन्यासको भूमिकामा कथाकार रोशन थापा ‘नीरव’ लेख्छन्, ‘यसरी प्रश्नहरू जतिजति पाठहरू पढ्दै गयो, त्यतित्यति उब्जिने गर्दछन् । प्रश्न उपन्यासले दिएको हो, उपन्यासमा भएको हो र यो भएको बोध पाठकीय बोधले स्वतः अनुभूत गर्ने कुरा हो । प्रश्न कथाको रूपमा निर्मित भए पनि ती प्रश्नमा नारी पीडाको त्रासद स्थिति पनि छ, जुन अभिव्यक्त भएर प्रदर्शन हुनुभन्दा पनि भित्रभित्रै शूलका रूपमा जमट भएर रहेका छन् । तिनै जमट पीडाको निरन्तर बगाई हो, सीमाहीन पीडाको व्यथा–कथा अर्थात् अन्ततः यन्त्रणा...।’

उपन्यासमा कृतिकारले हरेक भागमा शीर्षक दिएकी छन् । अर्थात्, उपन्यासभित्र शीर्षक छ, कथाझैँ ।

Global Ime bank

‘मौन वार्तालाप’भित्र लेखिएको छ, ‘ह्वात्त गर्मी बढ्दै थियो । बाक्ला लुगा लगाउने क्रमशः कम हुँदै थियो । अब त मेरो पेट पनि अस्वाभाविक ठूलो देखिन थालेको मलाई भान हुन थाल्यो र देवरहरूका अगाडि पर्न पनि संकोच लाग्न थाल्यो ।’ (पृष्ठ १०१)

शिखा बुक्सले प्रकाशनमा ल्याएको ३२६+४ पृष्ठको उपन्यासको मूल्य ५२५– रुपैयाँ राखिएको छ ।

० ० ०

विरासत 
(चिन्तन : अशोकनाथ तिवारी)  
कवितामा कलम चलाउँदै आएका अशोकनाथ तिवारीको पछिल्लो कृति हो, ‘विरासत’ । कृति केही समयअघि मात्र प्रकाशनमा आएको हो ।

कानुनका क्षेत्रमा क्रियाशील तिवारी काव्य लेखनमा सक्रिय छन् । उनको पहिलो कवितासंग्रह २०६६ सालमै प्रकाशित भएको थियो । उनको ‘अन्तरिक्ष युद्ध’ कवितासंग्रह प्रकाशित भइसकेको छ ।

त्यसपछि तिवारीको ‘वाग्मती’ कवितासंग्रह प्रकाशित भयो । ‘इन्द्रकुमारी’ उनले लेखेको महाकाव्य हो । उनका अरू केही पुस्तक प्रकाशोन्मुख अवस्थामा छ ।

पुस्तकको भूमिकामा डा. सत्यराज थपलियाले लेखेका छन्, ‘...विरासत गद्यमा लेखिएको संवाद काव्य हो । यसमा विरासत पानी र सृष्टिको नाता, विरासत रोग, स्वर्गको भ्रमण, पितृलोकको भ्रमण, इन्द्रसभा, पृथ्वी धुरूधुरू रोइन्, द्वन्द्व तथा उजुरी नामक नौ शीर्षकमा विचार समाहित छन् ।’

लेखकीयमा तिवारी लेख्छन्, ‘मानिसले यसरी प्रदूषण बढाउँदै जाने हो भने मानिसले नै ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । मानिसको वंशनाश समेत हुन सक्ने परिस्थिति सिर्जना नहोस् भनि त्यसतर्फ सोच्न मानिसलाई नै घच्घचाउने कोसिस गरेको छु । यो सृष्टि विनाशको कारण बन्न दिनु बुद्धिमानी मानिँदैन । त्यसैले यसतर्फ मानिस नै सचेत बन्नुपर्छ ।’

सिमल बुक पब्लिकेसनद्वारा प्रकाशित ८८+४ पृष्ठको यस कृतिको मूल्य १५०– रुपैयाँ राखिएको छ ।

० ० ०

याकजी
(नियात्रा : युवराज नयाँघरे)
युवराज नयाँघरे एक सिद्धहस्त शब्दशिल्पी हुन् । नेपाली साहित्यको निबन्ध र नियात्रा विधा उनका थुप्रै कृतिहरूले भरिएका छन् । पछिल्लो समय आएको उनको नियात्रासंग्रह हो, ‘याकजी’ ।

निबन्ध कृतिबाट मदन पुरस्कार समेत पाइसकेका नयाँघरेको पछिल्लो अवधि यात्रामै बित्दो छ । कहिले कताको यात्रा त कहिले कताको । वर्ष दिनअघि उनी पश्चिमी हिमाली क्षेत्र डोल्पाको यात्रामा निस्किएका थिए ।

‘याकजी’मा उनले डोल्पाको यात्रास्मृतिलाई स्थान दिएका छन् । डोल्पाको विकटता बयान गर्नै पर्दैन । जो स्रष्टा डोल्पा, हुम्ला, मुगु पुगेका छन्, जसले त्यहाँको भौगोलिक विकटता महसुस गरेका छन्, तिनले कर्णाली प्रदेशको कठिन जीवनलाई आफ्नो आलेखमा प्रस्तुत गरेको पाइएको छ ।

यतिखेर ‘याकजी’ पनि डोप्पाली कथा व्यथा बोकेर पाठकमाझ आइपुगेको छ । यो कृति डोल्पाली साहित्य, संस्कृति र कला पाठकसम्म पुर्याउने माध्यम पनि भएको छ । त्यसैले त ‘डोल्पाको समाज, संस्कृति, सभ्यतासँगै गाँसिएको सुन्दर अभिलेख’ भनि वर्णित छ ।

पुस्तकको प्रकाशकीयमा उल्लेख छ, ‘डोल्पा नेपालको ठूलो, कठिन र विकट हिमाली क्षेत्र हो । बोन्पो धर्म मात्रै नभएर भौगोलिक रहस्यका रूपमा परिचित यो जिल्लाको तल्लोमाथ्लो भिन्नभिन्न समाज, संस्कृति र सहभागिता छ, राज्यको संरचनामा । धेरैका लागि कष्टकर, दुःसाध्य र जोखिमपूर्ण भ्रमण र पुगाइमा पर्छ डोल्पा ।...यही रहस्य, रोमाञ्च र रहरिँदो भूगोलसँग ‘याकजी’को नाता, सम्बन्ध र अन्तरंग भावना मुखरित भएको छ ।’

कृतिमा २८ नियात्रा समावेश छ । ती पढेर आम पाठकले डोल्पासँग परिचित हुने मौका पाउनेछन् ।

यसभित्र ‘त्होल्मो, ढोल्पो र डोल्पा’ शीर्षकको नियात्रामा नयाँघरे लेख्छन्, ‘दक्षिणतिरको नोर्बुकाङ हिमालमा हिउँ फुसफुसाइरहेथ्यो । बादलको घेराबन्दीमा परेर आफ्नो सुन्दर अनुहार देखाउन नपाई ऊ हामीसँग गनगन गरिरहेथ्यो । पश्चिमको काञ्जिरोवा र दक्षिणको नोर्बुकाङ हिमालको आँखा तरातर देखिरहेथेँ म ।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ३३२+४ पृष्ठको यस नियात्रासंग्रहको मूल्य ५९५– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC