काठमाडौं । सरकारले कोभिड–१९ उपचार तथा व्यवस्थापनका सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ ।
स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड करारमा रहेका ७४ जना जनशक्तिको पनि म्याद थप गरिएको छैन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको नयाँ सर्जिकल भवनमा सञ्चालित सेवामा पुल दरबन्दीमा रहेका ४९५ जनाको पनि सेवा निरन्तरताका लागि आगामी पुससम्म म्याद थप गरिएको मन्त्रालयले जनाएको छ ।
आजको बैठकले मोडरेट केस र सिभियर केस व्यवस्थापनका लागि सातवटा प्रदेशमा १७ वटा अस्पतालहरू तोकेको छ ।