मुम्बई । अभिनेत्री सारा अलि खानले दुई वर्षअघि चलेको कार्त्तिक आर्यनसँगको प्रेमको हल्लालाई स्वीकार गरेकी छिन् । अभिनेत्री साराले ‘कफी विथ करण ७’ को बिहीबारको एपिसोडमा उक्त कुराको पुष्टि गरेकी हुन् । साथी जान्हवी कपुरसँग शो मा पुगेकी साराले प्रेमसम्बधको खबरलाई स्विकार गरेकी हुन् ।
शोका होस्ट करणले अभिनेताको नाम नलिइकनै साराको लबलाइफबारे प्रश्न गरेका थिए । करणले सोधे,“पछिल्लोपटक जब तपाईं यो काउच (सोफा) मा हुँदा तपाईंले कसैलाई डेट गर्न चाहेको बताउनुभएको थियो र यो भयो पनि ।” जवाफमा साराले करणको कुरा स्विकारेकी हुन् ।
उनीहरूको प्रेमचर्चा ‘लव आज कल’ चलचित्रदेखि सुरु भएको हो । यो दौरान साराले सामाजिक सञ्जालमा कात्र्तिकसँगको फोटोहरू पनि सेयर गरेकी थिइन् । सारा र कात्र्तिक छोटो समयकै लागि भए पनि प्रेमसम्बन्धमा थिए । तर, साराकी आमा अमृता सिंहकै उनीहरूको ब्रेकअप भएको हो । रिर्पोटका अनुसार अमृता छोरी सारा कात्र्तिकसँग नजिक भएको मनपराउँदिनथिन् ।
खासमा कात्र्तिकको नाम उसको हरेक चलचित्रका अभिनेत्रीसँग जोडिएर आउने भएकाले अमृतालाई चित्त बुझ्थेन । हुन त करणकै शोमा जब साराले कात्र्तिक आर्यनलाई डेट गर्न चाहेको बताएकी थिइन् । बुबा सैफ अलि खानले पनि अप्रत्यक्षरूपमा कात्र्तिकलाई ज्वाइँको रूपमा स्विकार्न नसक्ने संकेत दिएका थिए ।
नवभारत टाइम्स