site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथमा राखिएको जलहरीबाट सुन गायब !

काठमाडौं । पशुपतिनाथको मूल मन्दिरमा सुनको जलहरी राख्ने बेलामा 'सुन गायब भएको' पाइएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको औँल्याएको छ ।

पशुपति क्षेत्र विकास कोषले जलहरीमा ९६ किलो ५१४ ग्राम सुन प्रयोग भएको र बाँकी १० किलो ९७६ ग्रामको रिङ बनाइएको जनाएको छ । तर, महालेखाको प्रतिवेदनले जलहरीमा एक किलो २४९ ग्राम चाँदी, दुई किलो ८९० ग्राम तामा, १२ किलो ७५० ग्राम जिङ्क मिसावट गरी सुन गायब बनाएको बताएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महालेखाले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने कुनै पनि विवरण पेस नभएको जनाएको छ ।

सुनको जलहरी राख्ने काम प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि कोषले जलहरी नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा निर्माणको काम थालेको थियो । त्यसका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरिएको थियो ।

पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो ।त्यसकै आधारमा कोषले गोप्य रूपमै जलहरी उद्घाटनको समय तोकेको थियो ।

ओली नेतृत्वको सरकारले ३० करोड र बाँकी कोषको लागतमा सुन खरिद गरिएको थियो । ११ किलो सुन गायब भएको भन्दै उतिखेरै अख्तियारमा उजुरीसमेत परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro