विदेश
कोलम्बो । श्रीलंकामा प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज अन्तरिम राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले पदबाट राजीनामा दिएपछि उनले शपथ लिएका हुन् ।
पार्टीका नेताहरूले यसअघि नै निर्णय गरेबमोजिम यही जुलाई २० मा संसद्बाट नयाँ राष्ट्रपति चयन गरिने सभामुख महिन्दा यापा आबेवर्देनाले जानकारी दिए ।
आज बिहान बसेको पार्टीका नेता तथा कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचन (विशेष प्रावधान) ऐन, १९८१ को दफा २ बमोजिम जुुलाई १९ मा राष्ट्रपतिको उमेदवारी र जुलाई २० मा मतदान गर्ने निर्णय गरेको श्रीलंकाको स्थानीय पत्रिका डेली मिररले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १५:५१
प्रतिक्रिया दिनुहोस्