राजनीति
बुटवल । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे नगरपरिषद् बैठक अझै सुरु हन सकेको छैन ।आज दिउँसो १ बजेका लागि बाेलाइएकाे १२औं अधिवेशनकाे तेस्रो बैठक ३:१५ बजेसम्म पनि सुरु हुन नसकेको हो ।
बैठक कक्षमा अधिकांश नगरसभा सदस्यहरूकाे सहभागिता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले हाजिरी नगरेका कारण बैठक सुरु हुन नसकेको जनाएको छ ।
कार्यपालिकाका बहुमत रहेको नेकपा एमालेले न्यायिक समितिमा आफ्नो दलको मात्रै प्रतिनिधि राख्नुपर्ने माग गरेको र नेपाली कांग्रेसले एक जना सदस्य नेपाली कांग्रेसको राख्न प्रस्ताव गरे पनि सहमति नभएकाेले बैठक सुचारु हुन नसकेको हो । यद्यपि, न्यायिक समिति गठन बैठककाे एजेन्डा भने होइन ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १५:४९
प्रतिक्रिया दिनुहोस्