site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन ४ जनामा मिर्गौला प्रत्यारोपण

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन चारजनामा मिर्गौला प्रत्यारोपण गरिएको छ । बिहीबार चारजनामा आफ्नै परिवारभित्रका दाताहरूबाट प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 

प्रत्यारोपण गरिएकामा अर्घाखाँचीकी २६ वर्षीया महिला, दोलखाका २७ वर्षीय पुरुष, तनहुँका ३६ वर्षीय पुरुष र काभे्रका ३५ वर्षीय पुरुष छन् । उनीहरूलाई क्रमशः आमा, आमा, श्रीमती र बुबाले मिर्गौला दिएका हुन् । प्रत्यारोपण केन्द्रबाट हालसम्म नौ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको डा. श्रेष्ठले बताए । केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि ६ सयजना ६५३ जना पर्खाइमा रहेको तथ्यांक छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सातै प्रदेशबाट मिर्गौला प्रत्यारोपण सेवा विस्तारको तयारी भइरहेको केन्द्रले जनाएको छ  । यसअघि, असार ९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सुर्खेतको प्रादेशिक अस्पतालका विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने काम भइरहेको केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठले बताइन् ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीको तुलनामा दाताको संख्या निकै कम भएपछि मस्तिष्क मरण भएका व्यक्तिहरूबाट अंगदान गर्ने अभ्यास बढाउनुपर्ने डा. श्रेष्ठको भनाइ छ । मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट आठवटा अंग जीवित व्यक्तिलाई दिन सकिनेमा नेपालमा हाल मिर्गौला, कलेजो र आँखा प्रत्यारोपण गर्ने अभ्यास भइरहेको छ । 

केन्द्रमा अंग दानका लागि २ हजार ३३ जनाले लिखित प्रतिबद्धता जनाएका छन् भने हालसम्म ८ जनाको मात्रै मस्तिष्क मृत्युबाट अंग प्रत्यारोण गरिएको केन्द्रको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro