site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन भारतीय राजदूत विनमोहन क्वात्राले भ्रमणको निम्तो दिइएको र निर्धातिर भ्रमण भएको बताए । 

“बाहिर आउँदा आकस्मिक जस्तो देखियो, तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलाइएको हो’, प्रचण्डले भने, “उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भ्रमणमा नेपाल भारत सम्बन्ध अझ राम्रो कसरी बनाउने भन्नेमा भारतीय जनता पार्टीका नेताहरूसँग कुरा हुने बताए । नेपाल भारतका हितका विविध पक्षमा छलफल हुने उनले बताए । आफू उत्साहित भएर भ्रमणमा जान लागेको पनि उनले बताए ।

प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता फर्किएलगत्तै आफ्नो भ्रमण हुनु संयोग मात्र भएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro