देश
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो ।
बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ ।
केही हप्तादेखि आईजीपी नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ । आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ ११:३५
प्रतिक्रिया दिनुहोस्