site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज देशभर पृथ्वीजयन्ती मनाइँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । आज शनिबार देशभर पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्दै आइएको छ । 

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा भएका थिए । 

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए । 

बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गरेर सिंगो नेपाल बनाएका कारण उनलाई राष्ट्रनिर्माता भनिएको हो । उनको निधनपछि कान्छा छोरा बहादुर शाहले नेपाल एकीकरण अभियान अघि बढाएका थिए । 

पछिल्ला केही वर्ष पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘राष्ट्रिय एकता दिवस’का रूपमा मनाउने कि नमनाउने भन्ने विवाद देखिँदै आएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro