देश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भोलि महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ ।
भोलि बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । प्रशासनले महाकाली नदी आसपासका बासिन्दालई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ २२:३०
प्रतिक्रिया दिनुहोस्