site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब पञ्चमदेवी सर्वोच्चको इजलासमै भक्कानिइन्

काठमाडौं । विराटनगरकी पंचमदेवी आज बिहानैदेखि सर्वोच्च अदालतमा आफ्नो इजलासबाहिर मुद्दाको पालो कुरिरहेकी थिइन् । उनलाई आफ्नो मुद्दा परेको इजलासमा आज ४५ बढी मुद्दा परेको जानकारी थियो । तर, आफ्नो मुद्दा १३ नम्बरमा रहेकाले आज चाहिँ पक्कै पालो आउने उनलाई लागेको थियो ।

तर, उनले सोचेजस्तो भएन । मुद्दाहरू हेरिँदै जाँदा इजलासबाट सूचना आयो– ११ नम्बर पछिका सबै मुद्दा 'हेर्न नभ्याइने' सूचीमा राखिएको छ । अर्थात् उनको मुद्दाको पालो आज पनि आएन ।

त्यसपछि पंचमदेवी इजालसमै गएर भक्कानो छाडेर रुन थालिन् । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठले उनलाई सम्झाउने प्रयास गरे । सँगै आउँदो पेसीमा उनलाई अग्राधिकार दिने वाचा गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनि मात्र पंचमदेवी आँसु पुछ्दै इजलासबाट बाहिरिन् ।

के हो मुद्दा ?
पंचमदेवी २०६२ सालदेखि विराटनगरस्थित साल्ट ट्रेडिङमा प्याकेजिङको काम गर्थिन् । ०६७ सालमा उनीसहित साल्ट ट्रेडिङका कामदारहरूले ट्रेड युनियनमार्फत् आफूहरूलाई स्थायी गराउन माग गरेर साल्ट ट्रेडिङविरुद्ध आदोलन गरे । त्यसपछि उनी र साल्ट ट्रेडिङबीच विवाद सुरु भएको थियो ।

विवादपछि पंचमदेवी श्रम तथा रोजगार कार्यालय पुगिन् । त्यहाँबाट उनले स्थायी नियुक्ति त पाइन् तर साल्ट ट्रेडिङले कार्यान्वयन गरेन । बरु पुनरावेदनको हदम्याद नै गुजारेर साल्ट ट्रेडिङ आफैँ श्रम कार्यालयको निर्णयविरुद्ध श्रम अदालत पुग्यो । तर, श्रम अदालतले पुनरावेदन गर्न अस्वीकार गर्‍यो ।

त्यसपछि पंचमदेवीसहित १५ जनालाई विपक्षी बनाएर साल्ट ट्रेडिङ आफैँ सर्वोच्चमा पुग्यो । २०७२ भदौ ६ मा सर्वोच्चमा दर्ता भएको रिटमा अहिलेसम्म २० भन्दा बढी पटक पेसी तोकिएको छ । तर, अहिलेसम्म सुनुवाइ भएको छैन ।

पंचमदेवीलाई पालो अगाडि परेपछि आज मुद्दाको प्रक्रिया अगाडि बढ्ले आश थियो । तर, हेर्न नभ्याइने भनेर सूचना पाएपछि उनि इजलासमै गएर भक्कानिएकी हुन् ।

सर्वोच्चमा मुद्दाका चाङ
सर्वोच्च अदालतको २०७८/०७९ को वार्षिक प्रतिवेदन अनुसार सर्वोच्चमा पाँच वर्ष नाघेका २२०० बढी मुद्दाको अन्तिम टुंगो लागेको छैन ।

सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दाको फर्छ्यौट गर्नका लागि साउन १ गते बाट लागु हुने गरी 'विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९" ल्याएको छ । जसले  आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म पाँच वर्ष पुराना मुद्दाहरू शून्यमा झार्ने लक्ष्य लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro