site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । आज (शनिबार) बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रविन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ ।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस १९ गते मुगु केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

त्यस्तै, पुस २३ गते तिब्बतको दिंग्री केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्का काठमाडौंमा पनि राम्रैसँग महसुस भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro