site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेयर बालेनलाई काम गर्न कसले दिएन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा ‘काम गर्न देउ, डिस्टब नगर,’ भन्दै स्ट्याटस लेखे । तर, केहीबेरमै डिलिट गरे । 

पछिल्लो समय विवादित छन् मेयर बालेन । बालुवाटार क्षेत्रको फुटपाथमा मकै बेच्ने चेतेन्द्र दम्पतीमाथि महानगरका नगरप्रहरीले गरेको लछारपछार र यमबुद्धको सालिक निर्माण प्रकरणले बालेन निकै आलोचित छन् । 

चुनावअघि फुटपाथ व्यापारीलाई समय निर्धारण र सजिलै व्यवस्थापन गर्ने अभिव्यक्ति दिएका बालेनविरुद्ध अहिले आक्रोश बढ्दो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले त्यतिबेला दिएका अभिव्यक्तिहरू अहिले भाइरल छन् । 

यसो त चुनावअघि बालेनले स्थापित राजनीतिक दललाई व्यङ्ग्य गर्दै ‘गरिबको चमेली बोल्दिने कोही छैन,’ नामको गीत निकालेका थिए । 

Global Ime bank

उक्त गीतकै कारण पनि बलियो जनमत प्राप्त गर्न बल मिल्यो । युवा नेतृत्वलाई विश्वास गरेर बालेनले जनमत पाए । तर, अहिले आफू नेतृत्वमा पुगेपछि आफ्नै अभिव्यक्ति र राजनीतिक व्यङ्ग्यविरुद्ध काम गरेको आरोप बालेनमाथि छ । 

मेयर बालेनको चुनावी प्रतिबद्धताको २८ बुँदे घोषणापत्रमा समेत फुटपाथ व्यापारीलाई समय निर्धारण गरेर उल्लेख छ । 

त्यस्तै, फुटपाथ व्यापारीमाथिको लछारपछार नसेलाउँदै महानगरले र्‍यापर यमबुद्धको सालिक बनाउन महानगरको २५ अर्ब बढी कुल बजेटबाट १५ लाख छुट्याएको विषय बाहिरिएपछि विवादित बन्यो । 

चर्को आलोचनापछि निर्णय फेरबदल गर्दै आफ्नो तलबले यमबुद्धको सालिक निर्माण गर्ने घोषणा बालेनले गरेका छन् ।  

सालिक बनाएर कहाँ, कसरी र किन राख्नेबारे बालेनप्रति जनताले प्रश्न गरेका छन् । आम महानगरबासीलाई नेतृत्व गर्ने ठाउँमा रहेकोले व्यक्तिगत निर्णय गर्न नहुने भन्दै जनता असन्तुष्ट छन् । 

मेयर बालेनले फुटपाथ व्यापारीमाथिको लछारपछार र यमबुद्धको सालिक प्रकरणलाई कसरी सुल्झाउँछन् हेर्न बाँकी छ । 

कार्यभार सम्हाल्नुअघि नै सक्रिय देखिएका बालेन औपचारिकरूपमा मेयर घोषणा भएकै दिन जेठ १३ गते सिसडोल पुगे र स्थानीयले माला खादा लगाउन खोज्दा ‘रिजेक्ट’ गर्दै उनले भनेका थिए, “सिसडोलबासीको समस्या नजिकबाट नियालेको छु । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन नभएसम्म खादा माला लगाउँदिनँ ।” 

त्यसपछि, जेठ १६ गते सोमबार पदभार ग्रहण गरे । कार्यभार सम्हालेकै दिन महानगरको पहिलो नगरकार्यपालिका बैठक बस्यो । 

सो बैठकमा बालेनले कार्यपालिका बैठक लाइभ गरे । अल्पमतमा रहेका बालेनले चुनावअघि नै कार्यापालिका बैठक लाइभ गर्ने घोषणा गरेका थिए । महानगरमा कांग्रेसको बहुमत छ । 

आफ्नो सबै समय महानगरलाई दिने भन्दै काठमाडौंलाई विश्वको उत्कृष्ट सहर बनाउने समेतको प्रतिबद्धता व्यक्त गरेका गरे । 

अहिले बालेनविरुद्ध जनआक्रोशसँगै महानगरका केही प्रतिनिधिहरू पनि असुन्तष्ट बन्दै आएको महानगर स्रोतले जनाएको छ । तर, महानगरको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरू असन्तुष्ट देखिँदैनन् । 

बैठकमा उपत्यकाको फोहोरमैला व्यवस्थापन, निजी शौचालयलाई सार्वजनिक प्रयोजनमा ल्याउन निजी क्षेत्रसँग सम्झौता गर्ने, पूर्वाधार एम्बुलेन्स, कल सेन्टर स्थापना गर्ने प्रस्ताव राखे । 

बहुमत प्राप्त कार्यपालिका सदस्यहरूको कुनै विरोध रहेन । त्यसको केही दिनपछि यी सबै कामहरू अघि बढे । लामो समयदेखि चुनौती बन्दै आएको फोहोरमैलामा स्थानीयको अवरोधबारे संसद्मा आवाज उठ्यो । 

त्यसपछि, प्रधानमन्त्री, सहरी विकासमन्त्री, स्थानीय तह, विभागलगायत निकायको पहलमा बञ्चरेडाँडा र सिसडोलबासीका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाइयो र फोहोर उठाइयो । 

साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने महानगरको नीति कार्यान्वयनमा आउँदै छ । यद्यपि, सिसडोल र बञ्चरेडाँडाबासीका  मागहरू कार्यन्वयनमा नआउँदा असन्तुष्टि कायमै छ । 

काठमाडौंका सडकमा पूर्वाधार एम्बुलेन्स गुड्न थाल्यो । महानगरबासीका समस्या समाधान गर्न कल सेन्टर सञ्चालनमा ल्याइयो । निजी क्षेत्रसँगैको सम्झौतामा शौचालय सार्वजनिक प्रयोजनमा ल्याइएको छ । 

पहिलो कार्यपालिका बैठक केही विवादित बन्यो । दोस्रो र तेस्रो नगरपालिका बैठक भने सामान्य तरिकाले चल्यो । 

महानगरले हरेक वडा कार्यालयदेखि सबै विभागको काम देखिनेगरी आर्थिक वर्ष ०७९–८० को बजेटबाट सीसीटीभी जडान गर्ने घोषणा गरेको थियो । 

त्यस्तै, कर्मचारीहरूलाई समयमै कार्यालय उपस्थित र हाजिर नगरे तलब कटौती गर्ने नीति लिएको थियो । सो नीतिबमोजिम बालेनको कारबाहीमा केही कर्मचारी परिसकेका छन् । 

बालेनले दोस्रो र तेस्रो कार्यपालिका बैठकमा बिग्रेर थन्किएका ब्रुमर र फोहोरबाट विजुली उत्पादन गर्ने मेसिन मर्मत गरेर सञ्चालनमा ल्याउने प्रस्ताव अघि बढाए । 

प्रस्तावमाथि कार्यपालिकामा सहमति जुट्यो । महानगरका ९ वटा ब्रुमर सञ्चालनमा ल्याइयो । राष्ट्रिय आविस्कार केन्द्रले फोहोरबाट बिजुली निकाल्ने मेसिन मर्मतको अनुसन्धान थालियो । 

सिसडोलको फोहोरबाट निस्किएको लिचेड परिक्षण गर्ने, दुईसाताभित्र सिसडोललाई दुर्गन्ध मुक्त बनाउने घोषणा बालेनले गरे । 

बिजुलीबाट फोहोर निकाल्ने टेकुको मेसिन, लिचेड परिक्षण र दुर्गन्धमुक्त सिसडोड बनाउने योजनामा रिजल्ट निस्किएको छैन ।
त्यसपछि असार ५ गते नीति तथा कार्यक्रम ल्याइयो । नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भयो । 

आर्थिक वर्ष ०७९–८० मा २५ अर्ब ४१ करोड ९६ लाखको बजेट ल्याएको छ । बालेनले उपत्यकामा उत्पादन हुने ६ हजार मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न गृहकार्यरत छन । 

महानगरका सहायक प्रवक्ता महेश कुमार काफ्लेका अनुसार मेयर बालेनले विवादित पक्षलाई सकारात्मक रुपमा लिएका छन् ।

उनले महानगरभित्र त्यस्तो आन्तरिक विवाद नरहेको बताए । “कोरसिटी बाहिर फुटपाथ व्यापारीलाई समय निर्धारण गर्नेबारे गृहकार्य भइरहेको छ । अन्य विभिन्न कामहरू अघि बढ्ने चरणमा छन्,” उनले भने । 

मेयर बालेन र उपमेयर सुनिता डंगोलका चुनावी प्रतिवद्धतालाई पनि आर्थिक वर्षको योजना अन्तर्गत समेटिएको छ । 

प्रवक्ता काफ्लेका अनुसार काठमाडौंको ट्राफिक व्यवस्थापन, बसस्टपमा मौलिक फल्चा निर्माण, एक घर एक रुख अभियान, अन्डरग्राउण्ड पार्किङ, सम्पदा संरक्षण, प्रवलीकरण, शिक्षा, स्वास्थ्य लगायतका योजनाहरू ल्याइएको छ । 

यी कामहरू केही समयमै सुरु हुने महानगरले जनाएको छ । बालेनका २८ बुँदे प्रतिवद्धतामध्ये होम डेलिभरी, आइडिया बैंक, भ्रष्टाचार विरोधी व्युरो, मेट्रो साइबर ब्यूरो लगायतका काम अघि बढ्न सकेका छैनन् । 

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC