site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीको मस्ती, के छ पछिल्लो अवस्था ?

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालय प्रदर्शनकारीहरूको कब्जामा छ । उनीहरूले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । ड्रम बजाएर चिच्याउँदै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारा लगाउँदैछन् । 

कार्यालयको दोस्रो तलाको बार्दली भिडले श्रीलंकाको राष्ट्रिय झण्डा फहराएको छ । त्यहाँ छिर्न पाएकोमा उनीहरू सबै खुसी देखिन्छन् ।

राजपाक्षेको राजीनामा आउने : सभामुख
श्रीलंकाको संसद्का सभामुखले राष्ट्रपति गोतावाया राजपाक्षेको औपचारिक राजीनामा आउने बताएका छन् । सभामुखले हाल देश बाहिर रहेका राजपाक्षेले आफूलाई फोन गरेर शनिबार वचन दिएबमोजिम नै आफूले राजीनामा दिन लागेको बताएको जानकारी दिएका छन् । उनले राजीनामा दिएपछि विधायकहरूले नयाँ राष्ट्रपति निर्वाचित नगरुन्जेल अन्तरिम राष्ट्रपतिले ३० दिनका लागि कार्यभार सम्हाल्न मार्ग प्रशस्त हुने छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

श्रीलंकाको दोस्रो सरकारी टेलिभिजन पनि बन्द 
श्रीलंकाको दोस्रो सरकारी टेलिभिजनको प्रसारण बन्द भएको छ । मुलुककै सबैभन्दा ठुलो राष्ट्रिय प्रसारणकर्ता 'रूपवाहिनी'को सम्पूर्ण कार्यक्रम बन्द गरिएको एक घन्टा पनि बित्न नपाउँदै दोस्रो टेलिभिजन स्टेटसन पनि अवरुद्ध हुन पुगेको हो । टेलिभिजन भवनमा प्रदर्शनकारीहरू छिरेपछि रूपवाहिनी बन्द गरिएको हो । 

प्रधानमन्त्रीद्वारा सेनालाई शान्ति कायम राख्न आदेश 
टेलिभिजन प्रसारण रोकिनुअघि प्रधानमन्त्री विक्रमसिंघेले टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनालाई शान्ति सुरक्षा पुनर्स्थापनाका लागि यथासम्भव कोसिस गर्न आग्रह गरेका थिए । साथै उनले आफ्नो कार्यालय र अन्य सरकारी भवनहरू कब्जा गरेर बसेका प्रर्दशनकारीहरूलाई त्यहाँबाट हट्न र सरकारी अधिकारीहरूलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

उनले भनेका छन्, “हामीले हाम्रो संविधान च्यात्न सक्दैनौँ । हामीले फासिवादीहरूलाई मुलुक कब्जा गर्ने अनुमति दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रतिको फासिवादी खतराको अन्त्य गर्नुपर्दछ ।"

कोलम्बोस्थित बीबीसीका पत्रकारले उनको पछिल्लो विज्ञप्तिले सेनाले राजधानीको सुरक्षाको जिम्मा लिन लागेको संकेत दिएको हुनुपर्ने बताएका छन् ।  

प्रधानमन्त्री तत्काल खतरामुक्त स्थितिमा 
प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालयमा छिर्दा विक्रमसिंघे त्यहाँ नरहेको बीबीसीले पुष्टि गरेको छ । प्रदर्शनकारीले आफ्नो निजी निवासमा आगो लगाएयता उनी केही दिनदेखि गोप्य स्थानमा लुकेर बसेका छन् । राजपाक्षेका सर्मथक तथा सहयोगीका रूपमा चिनिने उनी पनि जनतामाझ निकै अलोकप्रिय छन् ।

हालै मात्र संसद्का सभामुखबाट मुलुकको निमित्त राष्ट्रपति भएको पुष्टि गरिएका विक्रमसिंघेले गोप्य स्थानबाटै कर्फ्यू र संकटकालको घोषणा गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro