देश
![कानुनमन्त्री बन्दीले पाए वरिष्ठ अधिवक्ताको उपाधि, अरू क–कसले पाए ? (सूचीसहित)](https://12khari.top/uploads/posts/govinda-bandi21649316925.jpg)
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।
सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिने निर्णय गरेको हो ।
कानुनमन्त्री बन्दीले २०५० सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरूमा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामकिशोर महतो, युगेश्वर साह लगायत छन् ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
उनीहरूलाई नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिइएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १८:२४
प्रतिक्रिया दिनुहोस्