काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज स्कटल्यान्डविरुद्ध अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय शृंखलाका लागि स्कल्यान्ड भ्रमणमा रहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो । उक्त टिममा नेपालले आज कुनै परिवर्तन नगरेको क्यान मिडिया टिमका सदस्य भानु सिग्देलले बताए ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर स्कटल्यान्डलाई ब्याटिङ गर्ने निम्तो दिएका छन् । यससँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको हो ।
नेपाली टोली
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र बासिर अहमद ।