site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता समस्याको स्थायी समाधान नै राष्ट्रियताको हितमा 

सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न लागेको सुनिएको छ । विगत केही वर्षहरूदेखि राजनीतिक दलहरुको चुनावी घोषणपत्रमा नागरिकताको विषय आइरहेको छ । नागरिकताको विषयलाई एउटा दलका नेताहरूले राजनीतिक हतियार नै बाएका छन् । 

ठोस कानुन र नियम नबन्दा यो विषय समस्या बनिरहेको थियो । नागरिकताको समस्या पंचायत कालदेखि नै रहिआएको थियो ।

हुनतः २००७ सालको जनक्रान्तिपश्चात नागरिकतासम्बन्धी ऐन २००९ सालमै बनेको थियो । यो नै नेपालको पहिलो नागरिकता ऐन हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि स्थानीय गाउँका जमिनदारहरुको सिफारिसमा जिल्लाका बडाहाकिमले नागरिकताको प्रमाणपत्र दिने गर्थेे । नागरिकता ऐन, २००९ आएपछि वंशजको आाधारमा नागरिकता दिइने गरेकोमा २०२० को नागरिकता ऐनमा वंशजको नागरिकताको प्रावधान दुई किसिमले राखियो । एउटा नेपालमै पुस्तौंदेखि बस्दै आाएका नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिइने प्रावधान थियो भने विदेशमा बस्ने नेपाली व्यक्तिका हकमा २ वर्ष नेपालमा बसोबास गरेपछि वंशजको आधारमा नागरिकता दिइने प्रावधान राखियो । 

यसरी उक्त ऐन पक्षपातपूर्ण र विभेदकारी थियो । विभेदकारी यस अर्थमा कि यसले नेपाली उत्पत्ति अर्थात् पहाडी मूलको व्यक्ति विदेशमा जन्मेको भए पनि वंशजको आधारमा नागरिकता पाउँथ्यो । आसाम, बर्मा,  दार्जिलिङ्ग, डुवर्स, देहरादुन, सिकिम इत्यादि ठाउँहरुबाट आउनेहरुले दुई वर्षभित्रै स्वतः नागरिकता पाए । तर पुस्तौंदेखि बस्दै आएका तराई मूलका नेपालीहरुलाई भने नागरिकता पाउन अनेकौं प्रमाण जुटाउने दुःख दिइने गरिन्थ्यो । 

त्यस पश्चात् २०३३ सालमा आएर गृहमन्त्रालयले जिल्ला जिल्लामा नागरिकता वितरण टोली खटाएर नागरिकताको तीन वर्गीकरण गरी अस्थायी निस्सा प्रदान गरेको थियो । त्यसमा वंशज, जन्मसिद्ध र अंगीकृत गरी तीन प्रकार राखिएको थियो । ती अस्थायी निस्सा लिए जाँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र प्रदान गथ्र्याे । त्यतिबेला धेरै विदेशी नागरिक अंगीकृत नागरिकता हात पार्न सफल भए । नेपालमा व्यवसाय, रोजगार गरी बस्नेहरुले दस वर्ष बसेको सम्बन्धित ठाउँका जनप्रतिनिधिहरुबाट सिफारिस गराएर अंगीकृत नागरिकता लिए । तिनका सन्तानले जन्मको आधारमा नेपाली नागरिकताको दाबी गरिरहेका छन् । 

त्यसपछि २०४६ सालको जनआन्दोलनपश्चात बनेका सरकारहरुले पनि नागरिकता सम्बन्धित समितिहरु बनाए । नेकपा (एमाले) सरकारले २०५१ सालमा सालमा र त्यसपछिका सरकारहरुले पटकपटक नागरिकता छानबिन समिति बनाए र हजारौंलाई नागरिकता प्रदान गरे । त्यसपछि पनि नागरिकता समस्या समाधान हुन सकेन । तर समस्या भने मूलतः तराईमा मात्र देखियो । पहाडमा खासै देखिएन । यसमा दुईवटा मानसिकताले काम गरेको देखियो – एउटा तराईमा भारतबाट आउनेहरुको संख्या धेरै छ र तिनलाई नेपालको नागरिकता चाहिएको छ । 

वास्तविकता के हो भने भारतबाट आउनेहरु प्रायः सहरी क्षेत्रमा केन्द्रित छन् । ग्रामीण भेगमा छैनन् । ग्रामीण भेगमा पुस्तौंदेखि बसोबास गरेका नेपाली नागरिक नै छन् । तिनको भाषा, लवज, रहनसहन सबैमा स्थानीयपन पाइन्छ । तर, सहरी क्षेत्रमा बसावास गर्ने व्यापारी उद्योगपतिहरुको भाषा, बोली, संस्कार, रहनसहनमा स्थानीयताको अभाव हुन्छ । पुरानो रैथाने नेपाली नागरिक र भारतबाट केही पुस्ताअघि आएका सहरी क्षेत्रका बासिन्दाबीच यही भिन्नता पाइन्छ । 

भारतबाट दशकौंअघि आई तराईका सहरी क्षेत्र व्यापार व्यवसाय गरी बस्नेहरु पनि नेपाली नागरिकता पाउने अवस्थामा पुगे ।

उता भारतबाट नेपाली पुरुषहरुले विवाह गरी ल्याएका महिलालाई पनि नागरिकता प्रदान गर्र्नु आवश्यक छ । तर, तिनलाई हालको नेपालको संविधानमा उल्लेखित प्रावधान पूरा गरी नेपाली नागरिकता प्रदान गर्नुपर्छ । तिनीहरुलाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ । 

खासगरी नेपालमा अहिले अंगीकृत नागरिकता पाउनेका सन्तानलाई जन्मको आधारमा नागरिकता प्रदान गर्नु उचित हुनेछ । नागरिकताविना तिनीहरुले न उच्च शिक्षा अध्ययन गर्न पाउँछन् न त सरकारी जागिरै खान पाउँछन् । सानातिना व्यापार व्यवसाय गर्न र बैंंकमा खाताखोल्नसम्म पनि पाउँदैनन् । । अर्थात्, नागरिकताको प्रमाणपत्रविना जीविका नै चल्दैन । सबै काम र क्षेत्रमा नागरिकता नभई हुँदैन ।

नागरिकताबिनाको व्यक्ति राज्यविहीन त हुन्छ भने तिनीहरुबाट मुलुकप्रति सदभाव र राष्ट्रप्रेमको अपेक्षा गर्न पनि सकिँँदैन । नेपालमा बनेका विभिन्न संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा एकरुपता नहुनु, ऐन र नियम परिवर्तन भइरहनु र माथिल्लो निकायको आदेशलाई तल्लो निकायले पालना नगर्नुजस्ता कारणले पनि नागरिकताको प्रमाणपत्र प्राप्तिमा समस्या देखिएको छ । 

केही वर्षअघि सर्वोच्च अदालतले दिएको आमाको नामबाट पनि नागरिकता दिनु भन्ने आदेश कतिपय जिल्ला प्रशासन कार्यालयहरुले पालन नगरी नागरिकताको प्रमाणपत्र नदिएको अनेकौं उदाहरण छन् । कतिपय बालिग व्यक्ति बाबुको ठेगान नहुँदा आमाको नामबाट नागरिक लिनुपर्ने हुन्छ । नागरिकता प्रमाण पत्रको अभावमा शिक्षादीक्षा, जागिरलगायतका सबै अवसरबाट वञ्चित हुनुपर्छ ।

यसैले राज्य नागरिकप्रति संवेदनशील भई नागरिकतासम्बन्धी दीर्घ समस्या समाधान गर्नुपर्छ । सबै किसिमका नागरिकता प्रमाणपत्र पाउने प्रावधानहरु सरलीकृत गरी उपलब्ध नगराइँँदा केही राजनीतिक नेताहरूले यसैलाई चुनावी मुद्दा बनाई र भोट बैंक बनाई रहेका छन् । खासगरी मधेस केन्द्रित दलहरुका लागि नागरिकताजस्तो संवेदनशील विषय पनि चुनावी मसला बन्ने गरेको छ । 

सरकारले अहिले अंगीकृत नागरितासम्बन्धी प्रावधान समावेश नगरी विधेयक बढाउन लागेको सुनिएको छ । जन्मको आधारमा नागरिकता पाएका बुवाआमाका छोरा छारीको मात्र समस्या सम्बोधन गर्ने नागरिकतासम्बन्धी विधेयक ‘फास्ट ट्रयाक’ बाट पारित गर्न लागिएको बताइएको छ । यसो गर्दा जनतामा नराम्रो सन्देश जान सक्छ । 

दशकौंदेखि स्थगित नागरिकता समस्यामा जन्मको आधारको मात्र सम्बोधन गर्दा समस्या समाधान नहुन सक्छ । अंगीकृत, वैवाहिक, वंशज र जन्मसिद्धजस्ता सबै प्रकारका नागरिकको समस्यालाई एकैपल्ट सम्बोधन गरी स्थायीरुपमा समाधान गर्नुपर्दछ । पटकपटक गर्दा जनता सशंकित भई नराम्रो सन्देश जान्छ । ढिलै भए पनि एकैपटक निर्णय भएमा वर्तमान सरकारप्रति जनतामा विश्वास जाग्नेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro