site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी बनाइन्छ उद्योगमा थुक्पा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको बौद्धस्थित फूलबारीमा रहेको शाम्बाला थुक्पा उद्योगमा कामदारहरू सुखा गहुँको थुक्पा बनाउन व्यस्त हुन्छन् । उक्त उद्योग बौद्धमा ताजा बनेको थुक्पा बेच्ने एक दर्जन उद्योगमध्ये एक हो । बौद्धमा दशकौंदेखि यस्ता उद्योग छन् । यी उद्योगमा अक्सर सोही क्षेत्रका शेर्पा, तामाङ, योल्मो र तिब्बतियनहरू काम गर्छन् । थुक्पालाई स्थानीय चाउचाउ पनि भन्छन् । 

शाम्बाला थुक्पा उद्योग भए पनि यसलाई चाउचाउ कारखानाको नाम दिएका छन्, यसका मालिक समिर तामाङले । शाम्बालामा थुक्पा बनाउन पहिले पिठो, अण्डा र पानीको मिश्रण बनाइन्छ । त्यसपछि साइज अनुसारको मेसिनमा कटर जोडिन्छ र बनेको थुुक्पाको लामो तार निस्किन्छ। पिठोलाई थुक्पामा परिणत गर्न करिब डेढ घण्टा लाग्ने गर्दछ । ताजा थुक्पाको ‘लाइफ’ पाँचदेखि छ महिना हुन्छ । शाम्बालामा तामाङले तीनवटा फरक साइजका थुक्पा बनाउँछन् । 

तामाङ भन्छन्, “चाउचाउ (थुक्पा) बाह्रै महिना चल्ने भएकाले व्यापार पनि ठिकै हुने गर्छ । यसका ग्राहक बौद्ध क्षत्रका मात्र नभई सहरका अन्य भागका रेस्टुरेन्टहरू पनि हुन् ।” पहिले हिमालय क्षेत्रका मानिसले मात्रै खाने थुक्पा आजकाल सबै क्षेत्रमा ठूलो खपत हुन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro