site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँको भिड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरू टोकियोको सडकमा लाइन लागेका छन् । आबेको शव बोकेको शववाहन गाडीले सहर परिक्रमा गर्दै उनको याद बोकेका धेरै स्थल पार गर्नेछ । 

साथीभाइ र नजिकका आफन्तका लागि मात्र खुला रहेको निजी अन्त्येष्टि यसअघि जोजोजी मन्दिरमा भएको थियो । ६७ वर्षीय वृद्ध आबेको गत शुक्रबार दक्षिणी जापानको नारामा चुनावी भाषण दिने क्रममा गोली हानी हत्या गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको सम्मानमा टोकियोभरि र मन्दिरबाहिर राष्ट्रिय झन्डा आधा झुकाइएको छ । श्रद्धाञ्जलि दिनेहरू लामो लाइनमा बसेका छन् । धेरैले फूलका गुच्छा बोकेका छन् भने लाइन दुईवटा ब्लकसम्म फैलिएको बीबीसीले जनाएको छ । भावविह्वल भएका धेरैले आबेले उनीहरूलाई सुरक्षा दिएको बताएका छन् । एक महिलाले भनिन्, “कोभिडको समयमा आबे प्रधानमन्त्री हुँदा उनले प्रभावकारी रूपमा देश सम्हालेका थिए ।”

आबेले दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय प्रधानमन्त्री बनेर देशको सेवा गरेका थिए । उनी जापानको सबैभन्दा प्रभावशाली राजनीतिज्ञका रूपमा चिनिन्थे । 
स्रोत : बीबीसी
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro