site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा
SkywellSkywell

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् ।

राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ ।

Dabur Nepal
NIC Asia

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर पनि गरेको थियो । उनीहरू राष्ट्रपति निवासतर्फ बढेको बीबीसीले जनाएको छ । 

प्रदर्शनकारीहरू राष्ट्रपति निवासभित्र पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका छन् ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । 

विदेशी मुद्राको सञ्चिति सकिएपछि श्रीलंकाले इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न सकिएको छैन ।

जसले गर्दा नागरिक सडकमा उत्रिएका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu