site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

कोभिडको सङ्क्रमण फेरि बढ्न लागेको छ । हैजाले पनि यही बेला दागा धरेको छ । हुँदा हुँदा नैरोबी फ्लाई भनिने कीराबाट हुने सङ्क्रमण पनि देखिन थालेको छ । लाग्छ, नियति काठमाडौंका जनताको धैर्यको परीक्षा लिन आतुर छ ।

मुलुकको राजधानी र प्रमुख व्यापारिक केन्द्र पनि भएकाले काठमाडौं उपत्यकामा कुनै सङ्क्रमण सुरु भयो भने देशभर फैलन बेरै लाग्दैन । त्यसो त आवागमन सुविधाका कारण देशको अरू कुनै पनि भेगमा देखिने सङ्क्रमण पनि काठमाडौंमा सजिलै फैलन सक्छ ।

KFC Island Ad
NIC Asia

सङ्क्रमणको जोखिम जति बढे पनि सरकारी पदाधिकारीको ध्यान जनताको ज्यान होइन आफ्नै पद र खान्गी जोगाउन केन्द्रित देखिन्छ । एकपछि अर्को काण्ड गर्ने अनि त्यसलाई ढाकछोप गर्न लागि पर्ने नै शासक र तिनका गुमस्ताको ध्याउन्ना भएको छ ।

यस्तो अवस्थामा सङ्क्रमणबाट जोगिन र जोगाउन जनसाधारण स्वय‌ं जागरुक हुनुबाहेक अरू उपाय हुँदैन । कोभिड -१९ फेरि डरलाग्दो गरी फैलन नपाउँदै  पूर्ण सावधानी अपनाउन जनतालाई सुसूचित गर्नुपर्छ । मास्क, खोप र भिडभाडबाट जोगिनु सायद उत्तम उपाय हो । 

Royal Enfield Island Ad

सरकारले वितरण गर्ने वा निजी क्षेत्रले बेच्ने दुवैगरी पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु पाइएका छन् । यसैले जुनसुकै स्रोतको भए पनि पानी उमालेरमात्र खाने र व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिनु अपरिहार्य भएको छ ।

नैरोबी फ्लाई नेपालीका लागि अपेक्षाकृत नौलो कीरा हो  । यसको विष शरीरमा परेपछि मूलतः  छालामा बिबिरा वा पाछेको दागजस्तो देखिन्छ । यसैले त्यस्ता कीरा शरीरमा बस्नै नदिन सावधान हुनुपर्छ । विशेषगरी बालबालिकालाई जोगाउनु बढी जरुरी छ ।

सङ्क्रमणविरुद्ध जोगिने सबैभन्दा उत्तम उपाय सावधानी नै हो । सङ्क्रमणको जोखिम र त्यसबाट जोगिने उपायको व्यापक प्रचारप्रसारले नै जनतालाई सजग र सावधान बनाउने हो । सालिग ठड्याउने र आफन्तलाई फाइदा हुनेगरी बजेट बिगार्नेबाहेक जनहितका विषयमा शासकहरूको ध्यान जाला ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro