site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी लेखियो ‘गिनिज वर्ल्ड रेकर्ड’ मा नेपाली युवाहरूको नाम
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम सूचीकृत गर्न सफल नेपाली युवाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरे । जसमा विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल म्युजिक भिडियोको टिम थियो ।

यो टिमले ५०२० मिटरको उचाइमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायांकन गरेर ‘द हाइएस्ट म्युजिक भिडियो अन ल्यान्ड’ विधामा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’  मा नाम लेखाउन सफल  हो ।

‘सुन्दर हिमाल’ नामक गीतको भिडियो ५ हजार २० मिटर उचाइमा रहेको सोलुखुम्बुको खारेमा प्रत्यक्ष रेकर्ड अनि छायांकन गरेर ‘द हाइएस्ट म्युजिक भिडियो अन ल्यान्ड’ को कीर्तिमानी राखेको हो । कीर्तिमानी टोलीमा गायिका माया गुरुङ, गीतकार तथा निर्देशक बुद्धिराज राई, मोडल सिर्जना किराँती र शिखरजंग श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मोडल सिर्जना किराँती यसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो सपना पूरा भएको बताउँछिन् । भिडियो छायांकनको अनुभव सुनाउँदै उनी यसरी खुसी व्यक्त गर्छिन्, “अनुभव एकदमै डेन्जर (साहसिक) भयो । त्यस्तो अग्लो स्थानमा पुग्नु मात्रै होइन त्यहाँ बसेर गीत लाइभ रेकर्डिङ गराउन निकै गाह्रो रह्यो । जति उचाइ बढ्दै जान्छ त्यति नै मौसमले आफ्नो रूप फेरिहाल्थ्यो,” उनले अनुभव सुनाए, “यो प्रमाणपत्र हातमा पर्दा त एकदमै खुसी लाग्यो, मरेर फर्किएको जस्तो महसुस भयो ।”

Global Ime bank

जेठ ६ गते टोली खारेका लागि निस्किएका थिए भने ११ गते म्युजिक भिडियोको छायांकन गरेर फर्किए । उनीहरूले प्राप्त गरेको प्रमाणपत्रअनुसार टोलीले २०२१ सेप्टेम्बर २१ मा रेकर्ड उक्त रेकर्ड राखेको हो । मोडलिङमा आफनो करियर खोज्दै गरेकी किराँतीलाई यो आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर भएको मान्छन् । यसको श्रेय उनी सोलुखुम्बुकै सन्चबहादुर राईलाई दिन्छिन् । 

टेकबहादुर राईको स्वर रहेको गीतको शब्द तथा निर्देशन बुद्धिराज राई जसलाई सांगीतिक जगतमा ‘दुलर्भ जन्तरे’ को रूपमा चिनिन्छ । ‘सुन्दर हिमाल’ का टोलीले यसअघि बनाएको नेपाली टोलीकै रेकर्ड ब्रेक गरेका हुन् । ‘द हाइएस्ट म्युजिक भिडियो अन ल्यान्ड’ को यसअघिको ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ‘गोक्यो री’ गीतले बनाएको हो । गायिका बबिना राईको किराँतीको आवाज, मिलन किराँतीको शब्द रहेको उक्त गीत ४ हजार ८१३ मिटरको उचाइमा लाइभ रेकर्डिङ अनि छायांकनमा तयार भएको गीत हो । सन् २०२० नोभेम्बर ७ मा सञ्चबहादुर राई, पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पवल राईले गिनिज वर्ल्ड रेकर्ड बनाएका हुन् । 

दुलर्भ जन्तरे यो गीतमा निर्देशकको रूपमा आबद्ध थिए । यसैबाट प्रेरित भएर उनले आफ्नै टोलीले बनाएको रेकर्ड नयाँ टिमसँग आबद्ध भएर ब्रेक गरेका हुन् । “एक वर्षअगाडि १८ जनाको टिमसहित ‘गोक्योर री’ को प्राजेक्टमा म निर्देशकको रूपमा आबद्ध थिए । त्यसैबाट प्रेरित भएर मैले नयाँ टिम अहिले हाम्रो ‘सुन्दर हिमाल’ टिमका केही साथीहरूसँग प्रस्ताव राखे । साथीहरूले सकारात्मक प्रतिक्रिया दिनुभएपछि हामी १७ जनाको टिम पहिला हाम्रै साथीहरूले बनाउनुभएको रेकर्ड ब्रेक गर्न अग्रसर भयौँ” लेखक तथा निर्देशक राईले बताए । 

उनका अनुसार यो भिडियो कोरोना कालको समयमा तयार पारिएको हो । कोरोनाको महामारी केही मत्थर भएपछि खारेको स्थानीय निकायसँग अनुमति लिएर गएका हुन् । “तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो हाम्रो देशको मुख्य आयस्रोत भनेकै पर्यटन हो । तर, कोभिडका कारण पर्यटन ठप्प थियो । हामी हिमालसँग पनि नजिक अनि गीत–संगीतसँग पनि नजिक भएकाले यसमार्फत पर्यटन फर्काउन केही गर्नुपर्छ जस्तो महसुस भयो । त्यसैले, हामीले हाम्रो देशको हिमाल अहिले पनि कोभिडअघि जस्तै सुन्दर छ केही बिग्रेको छैन र पर्यटकलाई स्वागतका लागि तयार छ भनेर देखाउनका लागि यो रेकर्ड राखेर विश्व बजारमा प्रचार गर्ने प्रयास गरेका थियौँ ।”

त्यस्तो अग्लो उचाइमा टिक्नै गाह्रो हुने ठाउँमा गीत त्यो पनि लाइभ रेकर्ड अनि छायांकन गर्न टिमलाई निकै हम्मेहम्मे पर्‍यो । चिसो सिरेटोले हातका औँलाहरू कठ्यांग्रिएर वाद्यवादक साथीहरूलाई सास्ती भने अर्कोतर्फ चिसोले गाउन स्वर नै नखुल्ने । तर, एक–अर्काको सहयोग अनि आत्मविश्वासले आफूहरूले यो रेकर्ड बनाउन सफल भएको उनीहरूको विश्वास छ । “आफ्नै लगानीमा यस्तो एडभेन्चरस काम गर्नु व्यक्तिको रूपमा फाइदा लिन भन्दा पनि राष्ट्रको प्रतिनिधित्व गरेर निःस्वार्थ रूपमा एक नागरिकको रूपमा आफ्नो राष्ट्रलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्य रहेको राईले बताए । 

पहिलो रेकर्ड ‘गोक्यो री’

सोलुखुम्बु जिल्लाको ‘गोक्यो री’ मा छायांकन भएको गीतले ‘गोक्यो री’ कै बारेमा वर्णन गरिएको छ । लामो समयदेखि टुर गाइडको रूपमा देशको हिमाललाई नजिकबाट नियालिरहेका सञ्चलाई आफुले गरिरहेकै पेशामा केही अलग गरौं भन्ने सधैं लागिरह्यो ।  त्यसको मौका पनि जुर्‍यो, सन् २०२२ । नेपालले २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने भव्य तयारी गरिरहेको थियो । सञ्चले पनि यही मौका छोपेर विश्व कीर्तिमानी कायम गर्ने सोचे । 

त्यहीअनुसार उनले करिब १८ जनाको टोलीसहित ४ हजार ८ सय ६७ मिटर उचाइमा रहेको गोक्यो पुगे । “ग्योरी एउटा मात्रै त्यस्तो ठाउँ हो जहाँबाट नेपालमा भएका आठ हजारभन्दा माथिको उचाइमा रहेका आठवटा हिमालमध्ये चारवटा एकै ठाउँबाट देख्न सकिन्छ । पर्यटनको हिसाबले पनि त्यो ठाउँ पर्फेक्ट हुने सोचेर छायांकन गर्ने निर्णयसहित गर्‍यौँ । तर, हामीले त्यहाँ भिडियो मात्रै छायांकन गरेर रेकर्डिङ यतै स्टुडियोमै गर्‍यौँ र गिनिजमा वल्र्ड रेकर्ड राख्नका लागि निवेदन पठायौँ” उनी अगाडि थप्दै भन्छन्, “उताबाट अप्रुभ त भयो, तर त्यही ठाउँमा लाइभ रेकर्ड अर्थात् वाद्यवादन बजाएर उत्तै गीत रेकर्ड गर्नुपर्ने मापदण्ड तोक्यो ।”

उनलाई जसरी पनि कीर्तिमानी बनाउनु थियो र उनी फेरि त्यही टोलीसहित त्यहाँ पुगे र रेकर्ड बनाउन सफल पनि भए र २०१९ सेप्टेम्बर मा भिडियो रेकर्ड भयो । यी दुवै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम राख्न सफल गीतका प्राय: कलाकार टोली सोलुखुम्बुकै छन् । कतिपय पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा आबद्ध छन् । यस हिसाबमा देशका यी सुन्दरतालाई विश्वव्यापीरूपमा प्रचार–प्रसार गरी पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाली म्युजिक क्षेत्रमा केही नयाँ आयाम थपी म्युजिक उद्योगलाई थप टेवा पुर्‍याउने हेतु रहेको बताए । 

अहिले सञ्चबहादुर राईको अध्यक्षतामा यही ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’  राख्न सफल ७-८ जना युवाहरूले नेपाल सरकारबाट मान्यताप्राप्त गरी ‘वर्ल्ड रेकर्ड होल्डर सोसाइटी’ गठन गरेका छन् ।  यहीअन्तर्गत उनीहरूले हालै सगरमाथा दिवसको अवसरमा २०२२ मे २९ मा ‘वर्ल्डस हाइएस्ट क्लाइमेट समिट’ सम्पन गरिसकेका छन् । एभेरेस्ट बेस क्याम्पमा भएको उक्त सम्मेलन ५ हजार ३६४ मिटरको उचाइमा भएको हो । जहाँ बेलायतकै विश्वविद्यालयका दुईजना वैज्ञानिक र नेपालकै पीयू विश्वविद्यालयबाट दुईजना प्रतिनिधिहरूको उपस्थिति थियो ।

यस सोसाइटीमा विश्व कीर्तिमानी राखेकाहरू मात्रै आबद्ध हुन पाउने मापदण्ड ‘गिनिज वर्ल्ड रेकर्ड’ ले राखेको छ । यी दुवै गीतको भिडियो दर्शकले ‘सुन्दर नेपाल’ गिनिज वर्ल्ड रेकर्ड अफिसियल म्युजिक भिडियो २०२२ र ‘गोक्यो री’ गिनिज वर्ल्ड रेकर्ड २०२१ खोजेर हेर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय