site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख भनिएका दलका उमेदवार नै अधिकांश स्थानमा विजयी भएका छन् । तैपनि, केही ठूला सहरलगायतमा स्वतन्त्र उमेदवारले पाएको मतले राजनीतिक दलका नेताप्रति जनतामा वितृष्णा बढेको सङ्केत स्पष्ट देखिन्छ ।
 
राजनीतिक दलका नेताले आत्मसात गर्न नचाहे पनि उनीहरूप्रति जनतामा वितृष्णा बढेको छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र समाजमा समेत जनताको निराशा र क्षोभ प्रकट हुन थालेको छ । 
 
देशमा निकट भविष्यमा उथलपुथलमा र अकल्पनीय क्षति नहोस् भन्ने चाहने हो भने जनवितृष्णाको कारण बुझेर तत्काल निदानको बाटामा लाग्नुपर्छ । मूलतः राजनीतिक दलका नेता र कार्यकर्ताको विलासी जीवनशैली र भ्रष्टाचारी प्रवृत्तिप्रति जनतामा बढी आक्रोश देखिन्छ ।
 
विस‌ २०७४ मा निर्वाचित प्रतिनिधिले अर्थतन्त्रले धान्नै नसक्ने गरी सेवा र सुविधा लिएकोमा जनतामा बढी आक्रोश देखिन्छ । यस्तै अधिका‌श नेता र कार्यकर्ताले भरपर्दो आय स्रोतविनै  अपनाएको विलासी जीवनशैलीले पनि क्षोभ उत्पन्न गराएको छ । 
  
उता स्थानीय तह निर्वाचनको समीक्षापछि पनि दलका नेताहरूले आफैँ लोकप्रिय रहेको अर्थ निकालेका छन् । अर्थात्, जनताले दिएको सन्देश दलका नेताहरूले बुझेनन् वा त्यसलाई महत्त्व दिएनन् । सत्य आत्मसात गर्न नचाहने यस्तो जिद्दी आत्मघाती हुनसक्छ ।
 
जनताको सन्देश नबुझे प्रत्यक्ष फल त तिनैले भोग्ने हो । तर, तिनले भन्दा धेरै तिनको कुकर्मको फल देशका जनताले भोग्नुपर्छ । वर्तमानका मात्र होइन भविष्यका सन्तानले पनि तिनका दुष्कर्मको मूल्य चुक्ता गर्नुपर्छ । 
 
यसैले अहिलेको जस्तो दुरवस्था लामो समय रहनु कसैको पनि हितमा देखिँदैन । मूलतः देशको अर्थतन्त्र अत्यासलाग्दो गतिमा खस्कन थालेको सङ्केत देखिएको छ । नेपाल श्रीलङ्काका बाटा जानसक्ने जोखिम बढेकै बेला अर्थ मन्त्रालयमा भएको बजेट विचलन काण्डले सबैको विश्वास डगमगाएको छ ।
 
संसारमा कतै पनि राजनीतिलाई सम्पत्ति र सुविधा जोर्ने बाटो मानिँदैन । यद्यपि, धेरै मुलुकमा राजनीति अवैध सम्पत्ति कमाउने र विलासी सुविधा उपभोग गर्ने सजिलो बाटो बन्न पुगेको देखिन्छ । नेपाल यसको अपवाद बन्नुको साटो कुरूप उदाहरण बन्न पुग्यो । 
 
यसैले आसन्न निर्वाचनमा जाने आत्मविश्वास जगाउन पनि राजनीतिक दलका नेता कार्यकर्ताले विलासी जीवनशैली र सोच बदल्नुपर्छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि पारिश्रमिकलगायत सुविधामा कटौती गरून् ।जनप्रतिनिधिहरू देशको आर्थिक अवस्थाप्रति संवेदनशील देखिए भने कर्मचारी पनि फजुल खर्च कटौती गर्न बाध्य हुनेछन् ।
 
अर्थतन्त्रमा सुधार भयो भने सुविधामा पुनःविचार गरे हुन्छ । अहिले देश श्रीलङ्का हुने डर देखिएका बेला पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीले राज्यको ढुकुटीबाट हुने खर्च कटौती नगर्ने हो भने जनताको वितृष्णा घृणामा परिणत हुनसक्छ । 
 
जनता आजित हुँदा के हुन्छ भन्ने त श्रीलङ्कामै देखिएकै छ । नेपाललाई त्यस अवस्थामा पुग्न नदिन बेलैमा खर्च कटौती अभियान थालियोस् । राज्यको ढुकुटीबाट तलब खानेले त्याग गर्न थालेमात्र जनता पनि पटुका कस्न तयार हुनेछन् ।
 
जनप्रतिनिधिको पारिश्रमिक र सुविधा कटौती गर्दा देशलाई त लाभ हुने नै छ संघीयताविरुद्ध जनमत बनाउन खोज्नेहरूलाई पनि उत्तर हुनेछ । के थाहा नेताहरू सुध्रिएछन् भनेर जनताले पनि माफ गरी पो हाल्छन् कि?   
   
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १३:२६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro