site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फुटपाथमा मकै बेच्नेमाथि महानगर आक्रामक, थापाथलीमा नगरप्रहरीको लछारपछार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फुटपाथमा चेतेन्द्र आचार्य दम्पतीमाथि नगरप्रहरीको लछारपछारको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले थापाथली चोकको फुटपाथमा मकै बेच्नेमाथि पनि लछारपछार गरेको छ । 

नगर प्रहरीले मंगलबार फुटपाथमा राखिएका मकै, दाउरा, कराइ, कपडालगायत सामान उठाएको हो । पछिल्लो समय महानगर फुटपाथमा मकै बेच्नेमाथि झन आक्रामक देखिएको छ । 

६० वर्षिय तेज बहादुर तामाङ र सीता लामा दम्पती तथा सञ्जुदेवी चौधरीको मकैसहितका सामान उठाएको छ । उनीहरू आफ्नो कुनै पेसा नरहेको र अरू काम गर्न पनि नसक्ने अवस्थामा रहेको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नगरप्रहरी सुटुक्ट थापाथलीमा आइपुग्दा उनीहरूले मकै उठाएर भाग्न खोज्दा खोसाखोस भयो । 

Global Ime bank

चेत बहादुर भन्छन्, “पढेको छैन । भारी बोक्ने काम गर्न सकिँदैन । यही मकै बेचेर छोराछोरीलाई पढाउछौँ । कैयाैँपटक नगरप्रहरीले यसरी लछारपछार गरिसकेको छ । पाप लाग्छ यसो गर्नेलाई ।”

उदयपुरकी सञ्जुदेवी चौधरी पनि २० वर्षदेखि थापाथली चोकमा मकै बेच्दै आएकी छन् । उनको पनि सबै मकै नगरप्रहरीले उठाइदिएको छ । 

चेतबहादुर दम्पती र सञ्जुदेवीले कालीमाटी तरकारी बजारबाट मकै किनेर फुटपाथमा व्यापार गर्छन् । “कैयौँ पटक यसरी हाम्रो सबै रोजिरोटी खोसिदिन्छ । न कसैले जागिर दिन्छ, न त काम गरेर खान्छु भन्दा सहज छ,” उनले दुखेसो पोखिन् ।  

दैनिकजसो नगरप्रहरीले आफूहरूलाई धम्काउन आउने गरेको उनीहरूको भनाइ छ । 

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले फुटपाथ व्यापार अवैध रहेको र उठाउनु आफ्नो कर्तव्य भएको बताए । “सामान्यतया दैनिक फुटपाथ उठाउछौँ,” उनले भने, “हामीले कानुनको पालना गरिरहेका छौँ ।”


 
सापकोटाका अनुसार महानगरले औषधिबाहेक बरामद गरेको कुनै पनि सामान फिर्ता दिँदैन । 

गएको शुक्रबार नगरप्रहरीले बालुवाटार क्षेत्रमा मकै बेच्दै आएका चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि लछारपछार गरेको थियो । 

चेतेन्द्र दम्पतीमाथिको लछारपछारको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि चर्को विरोध र आलोचना भइरहेको छ । 

नगरप्रहरी र चेतेन्द्र दम्पतीबीच दोहोर ओरोप–प्रत्यारोप छ । राष्ट्रसेवक सुरक्षाकर्मीले कानुन विपरित काम गर्नेलाई कारबाही गर्दा उल्टै आइलागेको भन्दै नगरप्रहरीले दम्पतीलाई कारबाहीका लागि महाराजगञ्ज प्रहरीमा निवेदन दिएको छ । 

नगरप्रहरी प्रमुख सापकोटाका अनुसार उनीहरूमाथि सामाजिक दुव्र्यवहार तथा गाली बेइज्जतविरुद्ध कारबाही गर्न माग गरिएको छ । 

नगरप्रहरी नेतृत्वले आचार्य दम्पतीलाई दोषी देखाउँदै ‘भुँडी घोच्दिन्छु, आँखा फुटाइदिन्छु’ भन्दै धम्की दिएको बताइरहेको छ । दम्पतीले घुस माग्दा नगरप्रहरीलाई अगुल्टोले हानेको स्वीकार गरेको छ । नगर प्रहरीका सई राजन श्रेष्ठमाथि पाँच हजार रुपैयाँ घुस मागेको आचार्य दम्पतीको आरोप छ । 

महानगरले नगरप्रहरीमाथि लागेको आरोपको बचाउ गर्दै आएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) को प्रतिवद्धतामा भने उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको तालिका निर्धारण गरिनेछ । 

तर, मेयर शाहले फुटपाथमा व्यवसाय गर्न आउनेको सामान उठाउन निर्देशन दिइरहेका छन् । महानगरका सहायक प्रवक्ता महेश कुमार काफ्ले आफूहरूले छलफल गरिरहेको बताउँछन् । “कोरसिटी बाहिर समय निर्धारण गर्ने की भन्नेबारे छलफल भइरहेको छ । यद्यपि, फुटपाथ व्यापारीलाई प्रोत्साहन भने हुँदैन,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC