site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सर्वोच्च अदालतले पहिले विकल्प खोज्न र निश्चित विधि एवं प्रक्रिया पूरा गरेरमात्र निजगढमा विमानस्थल बनाउन आदेश दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने अदालतको आदेशको अवज्ञा गर्दै निजगढमा दुई धावनमार्गको विमानस्थल बनाउन निर्देशन दिएका छन् ।
 
सर्वोच्च अदालतले विधि र प्रक्रिया तथा वातावरण संरक्षणका मापदण्डहरू पालना गर्नुपर्ने फैसला सुनाएकै दिनदेखि सत्तारुढ गठबन्धनका साथै विपक्षी नेताहरू पनि निकै मुर्मुरिएका थिए । फैसलाको पूर्णपाठ पनि नपर्खी अर्थमन्त्रीले निजगढ विमानस्थल परियोजनामा बजेट विनियोजन गरे । 
 
अदालतकै अवज्ञा हुनेगरी बजेट विनियोजन गरिँदा पनि सांसदहरू या त मौन रहे नभए निजगढमा विमानस्थल बनाउनै पर्ने पक्षमा उभिए । फैसलामा संलग्न न्यायाधीशहरूमाथि समेत सा‌ंसद र राजनीतिक दलका नेताहरूले विकास विरोधी भन्दै कटाक्ष गरेका थिए । 
 
सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले आफ्नो निर्णयमा निजगढमा विमानस्थल बनाउँदा हुने वातावरणीय  क्षति तथा वन्यजन्तुमाथि पर्ने प्रतिकूल प्रभावको पनि विस्तृत चर्चा गरेको छ । सरकारले भने न्यायालयको अवज्ञा गर्दै निजगढमै विमानस्थल बनाइछाड्ने जिद्दी गर्दैआएको देखिन्छ ।
 
प्रधानमन्त्री देउवाको यस ‘विधिको शासन’को उपहास गर्ने निर्देशनको साक्षी र प्रेरकहरू सत्तारुढ गठबन्धनमा सामेल अरू पार्टीका शीर्ष नेता पनि रहेका छन् । लाखौंको संख्यामा वन विनाश हुने भएपछि सार्वजनिक सरोकारको रिटमार्फत निषेधाज्ञा माग गरिएको थियो ।
 
लगभग कामचलाउ हुनै लागेका प्रधानमन्त्री देउवाको दसौ‌ं वर्ष लामो विवादास्पद परियोजनाको मोह रहस्यमयी देखिन्छ । यस्तै यस परियोजनाप्रति सत्तारुढ गठबन्धनका नेताहरूको लगाव पनि बढी नै चाखलाग्दो देखिन्छ । त्यसो त विपक्ष विमानस्थल निर्माणमा ध्यान दिएको देखिँदैन ।
 
विकास योजनाको छनोटमा सरकार नै निर्णायक पक्ष हो । तर, नेपालको संविधानले नै विधि र प्रक्रियाका हकमा अन्तिम व्याख्याको अधिकार सर्वोच्च अदालतलाई दिएको छ । यसैले गलतै आदेश दिए पनि लोकतान्त्रिक सरकारले न्यायालयको आदेश अवज्ञा गर्नुहुँदैन । 

प्रधानमन्त्री देउवाले निजगढका सम्बन्धमा दिएको निर्देशनबाट विधिको शासनको मर्म र सर्वोच्च अदालतको गरिमामा प्रहार भएको छ  । न्यायालयले कानुन, विधि तथा प्रक्रिया अनि वातावरण विज्ञानको आधार लिएर लगाएको रोकलाई ठाडो राजनीतिक ‘स्टन्ट’ गरेर रोक्न खोज्नु मुलुककै दुर्भाग्य हो ।
 
त्यतिमात्र होइन सत्तारुढ गठबन्धन नामको गैरसंवैधानिक शक्ति केन्द्रलाई निर्णायक भूमिकामा प्रस्तुत गर्ने गम्भीर गल्ती पनि प्रधानमन्त्री देउवाले गरेका छन् । नेपालको संविधानलगायत कुनै कानुनले पनि गठबन्धनलाई चिनेको हुँदैन । यसैले तिनले उपभोग गर्ने सुविधा र प्रयोग गर्ने शक्ति अनैतिक र अनियमित हो ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री देउवालाई किन सर्वोच्च अदालतको निर्णयलाई चुनौती दिने रहर पलाएको हो ? अदालतले पहिले राम्ररी अध्ययन गर्ने आदेश दिएको छ । त्यसपछि वातावरणीय प्रभाव प्रतिवेदनमा भएको कमजोरीको प्रश्न उठाएको छ । 
 
यी सबैलाई बलमिचाइँ गरेर जङ्गबहादुर शैलीमा विमानस्थल निजगढमै बन्ने घोषणा गर्न प्रधानमन्त्री देउवा किन उत्प्रेरित भएका हुन् ? धेरैले सन्देह गरेजस्तो त्यहाँ विमानस्थल बनाउने नाममा काटिने काठको कमिसन त निजगढ विमानस्थल निर्माणमा देखिएको व्यग्रताको कारक होइन ?  

निजगढमा विमानस्थल बनाइछाड्ने हो भने सर्वोच्च अदालतले दिएको आदेश नेपाल सरकारले पहिले पालना गरियोस् । वातावरण प्रभाव मूल्याङ्कनजस्तो गम्भीर प्रकृतिको काममा पनि खेलाँची गर्ने प्रवृत्ति त्यागोस् । विकल्प नपाइए अदालत साधेरमात्र काम अगाडि बढाओस् ।  
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro