site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फुटपाथमै लछारपछार पारिएका दम्पतीमाथि महानगरले कारबाही गर्ने ! घुस माग्ने नगरप्रहरीको बचाउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बालुवाटार क्षेत्रको फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सिता आचार्य दम्पतीलाई कारबाही गर्ने तयारी थालेको छ । 

महानगरको नगर प्रहरीले कारबाही गर्दा उल्टै आइलागेको भन्दै कारबाही गर्ने तयारी भइरहेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । 

शुक्रबार बालुवाटर क्षेत्रको फुटपाथमा मकै बेचिरहेको अवस्थामा नगरप्रहरीले बल प्रयोग गरेर आचार्य दम्पतीको मकैसहितको ठेलागाडा उठाएको थियो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल हुँदा चर्को आलोचना भइरहेको  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नगर प्रहरीमामाथि गरेको दुर्व्यवहारको कारण देखाउँदै प्रचलित कानुन बमोजिम कारबाही गरिने सापकोटाले बताए । 

“नगरप्रहरीलाई अगुल्टा, चिम्टाले हानेँ भनेर उहाँ आफैँले मिडियामा भन्नुभएको छ नि । अहिलेको प्रचलित कानुन बमोजिम सामाजिक दुर्व्यवहार तथा गाली बेइज्जतविरुद्धमा कारबाही हुन्छ,” सापकोटाले भने  । 

Global Ime bank

नगर प्रहरी नेतृत्वले आचार्य दम्पतीलाई दोषी देखाउदै ‘भुँडी घोच्दिन्छु आँखा फुटाइदिन्छु’ भनी धम्की दिएको समेत दाबी गरेको छ । दम्पतीले घुस माग्ने नगरप्रहरीलाई अगुल्टोले हानेको बताएका थिए । 

नगरप्रहरीले यस्ता कारबाही र फुटपाथ उठाउने क्रम दैनिक भइरहेको जनाएको छ । आचार्य दम्पतीले नगर प्रहरीका सई राजन श्रेष्ठमाथि ५ हजार रुपैयाँ घुस मागेको आरोप लगाएको छ । 

घुसको आरोपलाई भने नगर प्रहरी नेतृत्वले बचाउ गरेको छ । सापकोटा भन्छन्, “काँ ५ हजार घुस ? पहिलो दिन त उहाँले त्यो भन्नुभएकै छैन । पछिल्लो दिन मात्रै भन्नुभएको हो । एक हप्ता अगाडि हाम्रो इन्स्पेक्टरले बोलाएर उहाँलाई सोधेको छ । त्यो फुटपाथमा नबस्नु भनेर सम्झाएको छ । त्यो बेला पनि पैसा घुस माग्यो भनेको छैन । भोलिपल्टदेखि मात्रै उहाँले यो कुरा निकाल्नुभएको हो ।”

समयअनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको तालिका निर्धारण गर्ने बालेनको प्रतिवद्धता कहिले कार्यान्वयन होला ? 

महानगरले फुटपाथ व्यापारीको सामान जफत र लिलाम गरी करौँडौ रुपैयाँ कमाएको छ । ठेलागाडा, साइकललगायत फलामजन्य सामान लिलाम गर्छ । ०७५–७६ मा फलामजन्य सामान लिलामबापत ५ लाख ७०० रुपैयाँ महानगरले कमाएको छ । यस्तै ०७६–७७ मा लिलाम गरिएका सामानबाट १८ लाख रुपैयाँ कमाएको छ ।

चारवर्षमा खाद्यान्न, कुहिने र फिर्ता दिन मिल्ने सामान फुटपाथ व्यापारीलाई फिर्ता दिए बापत ३५ लाख ७५ हजार जरिवाना तिराएको छ । 

तीन हजार बढी व्यापारीलाई कारबाही गरेको छ । 

त्यस्तै २०७७–७८ मा ८० लाख ११ हजार एक सय र ०७८–०७९ मा ५१ लाख ९३ हजार ९०० रुपैयाँ फुटपाथ व्यापारीको सामग्री जफत गरेपछि लिलाम गरेर र जरिबाना तिराएर रकम संकलन गरेको छ । 

नगरप्रहरीले जफत गरेका सामाना आन्तरिक प्रशासन शाखा कार्यालयमा राख्ने गरेको छ । 

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २०७५ सालमा फुटपाथ र सडकबाट जफत भएका फलामजन्य सामान फिर्ता नदिने निर्णय गरेका थिए । उनले महानगरको कार्यपालिका बैठकबाट यस्तो निर्णय गराएका थिए । 

हाल नगरप्रहरीले व्यापारीको सामान हेरेर २०० देखि ५०० रुपैयाँसम्म जरिबाना तिराउने गरेको छ । फुटपाथ जफत र लिलामबाट आर्जन भएको पैसा महानगरले कहाँ खर्च गर्छ भन्नेबारे पनि एकिन छैन । 

महानगरका मेयर बालेन्द्र साह (बालेन) चुनावी मैदानमा उत्रदै गर्दा आफ्ना प्रतिवद्धताको ४ नम्बरको छैटौं बँुदामा उपभोग अवधि वा समयअनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको तालिका निर्धारण गर्ने थियो । 

अहिलेसम्म पनि मेयर बालेनले फुटपाथ व्यापारीमाथि समय निर्धारणबारे कुनै निर्णय गरेका छैनन् । उनले फुटपाथ व्यापारीको समय निर्धारण तालिका अन्तर्गत कुनै पनि गृहकार्य समेत नगरेको महानगर स्रोतले बताएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC