site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

गण्डकी प्रदेश सरकारको बजेट अहिले कुन अवस्थामा छ भन्ने प्रश्नको उत्तर सायद त्यहाँका मुख्यमन्त्री र अर्थमन्त्रीले पनि दिन सकोइनन् । किन त्यस्तो अवस्थामा पुुग्यो त भन्ने प्रश्नको पनि अनुत्तरित नै छ । 

भित्री मनसुवा सार्वजनिक गरिएको छैन तर बजेटकै कारण उत्पन्न गन्जागोलको मूल कारण भने प्रदेश सरकारको मन्त्रिपरिषद्लाई अर्थमन्त्रीले झुक्याए भन्ने मन्त्रीहरूको आपत्ति देखिन्छ ।  यही कारणले सत्तारूढ दलहरू र मुख्यमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट भएको हुनुपर्छ ।

मूलतः आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले सांसदहरूको तजबिजमा खर्च गर्ने रकम विनियोजन नगरेकोमा नै सायद यो गन्जागोल चर्किएको हुनसक्छ । तर, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको निर्देशनसमेत अर्थमन्त्रीले नटेरेको बताइएको छ ।

KFC Island Ad
NIC Asia

भनिन्छ, सर्पले छुचुन्द्रो समातेपछि खाए मर्छ छाडे अन्धो हुन्छ । गण्डकी प्रदेशको बजेट पारित नभए सरकारले राजीनामा गर्नुपर्छ भने यथावत् पारित गरिए प्रदेश सभाका बहुमत सदस्यले विद्रोह गर्नसक्छन् । दुवै अवस्थामा मुख्यमन्त्री अप्ठेरामा पर्नेछन् ।

अर्थमन्त्रीले सांसदहरूको तजबिजमा खर्च हुने रकम बजेटबाट हटाउने साहस त देखाए तर उनले अपनाएको प्रक्रिया भने गलत देखियो । मन्त्रिपरिषद्लाई ढाँट्नु र अरू मन्त्रालयमा हस्तक्षेप गर्नु अनैतिक काम हो । 

Royal Enfield Island Ad

मन्त्रिपरिषद्को विश्वास लिएरमात्र उनले बजेटमा हेरफेर गर्नुपर्थ्यो । मुख्यमन्त्रीलगायतलाई सहमत गराउन नसके कारण सार्वजनिक गरेर पदत्याग गर्ने आँट गरेको भए हुन्थ्यो । गण्डकीका अर्थमन्त्रीले भने अराजक र अराजनीतिक कार्यशैली अपनाए ।  

नेपालको संविधान, २०७२को धारा १६८ ९१०० अनुसार अर्थमन्त्री ‘व्यक्तिगतरूपमा मुख्यमन्त्री र प्रदेश सभाप्रति उत्तरदायी’ हुने हुनाले यस गन्जागोलको प्रमुख जिम्मेवारी भने मुख्यमन्त्रीले नै लिनुपर्छ । मुख्यमन्त्रीले या त मन्त्रिपरिषद्का अरू सदस्यलाई उनको प्रस्तावमा सहमत गराउनुपर्थ्यो नभए अराजक अर्थमन्त्रीलाई हटाउनुपर्थ्यो ।

संसदीय पद्धतिमा विश्वासै नगर्ने कम्युनिस्टहरूलाई संसदीय मूल्य वा मान्यताकी चिन्ता नहुनु अस्वाभाविक होइन । तर, गणडकीमा त संसदीय पद्धतिमा विश्वास गर्ने नेपाली कांग्रेसका परिपक्व नेता मुख्यमन्त्री छन् । यसैले पनि उनले संसदीय मूल्यको रक्षा गर्ने अपेक्षा गरिएको हुन्छ । 

संसदीय प्रणालीमा पार्टीले एकल वा संयुक्त सरकार निर्माण गरे पनि मन्त्रिपरिषद् पूर्णतः कार्यकारी प्रमुखको मातहत हुन्छ । पार्टीले मन्त्रीको काममा हस्तक्षेप गर्नु संसदीय मर्मविपरीत हुन्छ । पार्टीको अनावश्यक र अनुचित हस्तक्षेपले संसदीय पद्धतिलाई विकृत बनाउँछ । 

गण्डकी प्रदेश सरकारको गन्जागोलले संघीय प्रणालीका विरोधीहरू हौसिएका छन् । यसैले तत्काल बजेटको समस्या समाधान हुँदैन भने प्रदेश सभा भङ्ग गरेर ताजा निर्वाचनमा जाने आँट मुख्यमन्त्रीले गर्नुपर्छ । यसले प्रदेशलाई केन्द्रको छायाबाट निकाल्न पनि सहयोग पुग्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro