site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रसिदकै भरमा सवारी चालक, रोकियो परीक्षणकालीन लाइसेन्स वितरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले परीक्षणकालीन लाइसेन्स वितरण रोकेका छन् । बजेटको अभाव भएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वरूप एक वर्षका लागि दिइने परीक्षणकालीन लाइसेन्स वितरण रोकिएको हो ।  यातायात व्यवस्था विभागका अनुसार काठमाडौंका सबै यातायात कार्यालयहरूले बजेट अभाव भएको भन्दै परीक्षणकालीन लाइसेन्स वितरण रोकेका छन् । 

विभागका महानिर्देशक नमराज घिमिरेले यातायात कार्यालयहरूमा परीक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण रोकिएकाले पुनः सवारी चालकहरूले परीक्षा पास गरी रसिदकै भरमा सवारी चलाउनुपर्ने बाध्यता आइलागेको बताए । प्रदेशका यातायात कार्यालयहरू बजेटको अभावमा रोकेको वितरण विभागले भने उपलब्ध गराउन सक्ने क्षमता रहेको दाबी गरेको छ । 

लामो समयदेखि रसिदकै भरमा सवारी हाँक्ने चालकले परीक्षा पास गर्नेबित्तिकै परीक्षकालीन लाइसेन्स पाउँदा लाभान्वित भएका थिए । पानीले भिज्ने, च्यातिने, असुरक्षित, ट्राफिक प्रहरीले रसिद नमान्ने जस्ता समस्या समाधान भएका थिए । तर, पुन त्यही समस्या बल्झिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परीक्षणकालीन लाइसेन्सका प्रिन्ट र वितरणका लागि कुन कार्यालयलाई कति बजेट चाहिएको हो भन्ने कुरा विभागलाई जानकारी छैन । वागमती प्रदेशबाहेक अन्य प्रदेशबाट परीक्षणकालीन लाइसेन्स वितरण भइरहेको विभागले जनाएको छ । परीक्षणकालीन लाइसेन्स वितरणका लागि विभागले नै मेसिन र कार्ड उपलब्ध गराएको एकान्तकुना कार्यालयमा पनि रोकिएको छ । 

वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार यातायात कार्यालयहरूले अहिले पुनः परीक्षणकालीन लाइसेन्सका लागि आउने सेवाग्राहीहरूलाई पहिलेजस्तै रसिद दिएर पठाउने गरेका छन् ।  यातायात कार्यालयको नियमन गर्ने विभाग नै परीक्षणकालीन लाइसेन्स वितरण रोकिएको विषयमा उदासीन देखिएको छ ।  यद्यपि, कार्यालयहरूका कर्मचारी भने यातायात कार्यालय र वागमती प्रदेशका टकराबका कारण सेवाग्राही प्रभावित बनेको बताएका छन् । 

Global Ime bank

वागमती प्रदेशबाट सीधै यातायात कार्यालयहरूमा बजेट आउने भएकाले प्रदेशले नै जिम्मा लिनुपर्ने विभागको भनाइ छ । अन्य जिल्लाभन्दा वागमती प्रदेशका सेवाग्राहीहरू बढी बिचौलियाको मारमा पर्नुपरेको छ । विभागले ०७८ साउनदेखि काठमाडौं उपत्यकाभिका यातायात कार्यालयहरूमा परीक्षणकालीन लाइसेन्स अनिवार्य गरेको थियो ।

विभागले परीक्षणकालीन समयावधि पूरा गरेका चालकहरूको स्मार्ट लाइसेन्स प्रिन्ट गरेर कार्यालयहरूमा पठाउने गरेको छ । तत्काल ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई कार्यालयहरूले परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइरहेको थियो । 

परीक्षणकालीन लाइसेन्स वितरणका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को परीक्षणकालीन लाइसेन्सअन्तर्गत नियमहरू बनेका थिए । उक्त नियमबमोजिम चालकले पाँचपटक वा सोभन्दा बढी उल्लंघन नगरे स्थायी सवारी चालक अनुमतिपत्र पाउने प्रावधान छ । 

वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका उपसचिव हरिहर पोखरेलले परीक्षणकालीन लाइसेन्समा यातायात कार्यालयहरूले धेरै खर्च निकाल्दा स्थगित गरिएको बताए ।  “यसमा पैसा बढी खर्च भयो भनेर बन्द गरिदिएको हो । तीन महिना ६ महिनामै अर्को कार्ड आउने भएकाले रसिदले काम गरिहाल्छ,” उनले भने, “परीक्षणकालीन लाइसेन्सको विकल्पमा अरू केही हुन्छ कि भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको छ ।”  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC