विदेश
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । जर्मनीमा मंगलबार साँझ भएको एक भव्य समारोहमा उनले यस्तो बताएका हुन् ।
“यदि, पुटिन एउटी महिला भएका भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए,” जोनसनले भनेका छन् ।
युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्छ, उनले थपे । रासस
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १७:२१
प्रतिक्रिया दिनुहोस्