site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री आलेले नेपाललाई बुझाए राजीनामापत्र 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको नेकपा (एकीकृत समाजवादी)का एक नेताले जानकारी दिए ।

आलेले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

Dabur Nepal
NIC Asia

अध्यक्ष नेपालले आज बिहान अखिल नेपाल महिला संघको कार्यक्रममा केही मन्त्रीहरूको राजीनामा आफ्नो गोजीमा भएको सुनाएका थिए ।

उनले केही मन्त्रीको राजीनामा आफूले बोकेर हिँडेको बताएका थिए ।  पार्टी कार्यालय पुगेर आलेले राजीनामा बुझाएको स्रोतले जानकारी दियो ।

उनले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । सरकारमा रहँदा निकै विवादित बनेका आलेले त्यसअघि कुनै पनि हालतमा राजीनामा नबुझाउने बताएका थिए ।

आइतबार कार्यालय पुगेर अध्यक्ष नेपाललाई राजीनामापत्र बुझाएका हुन् । अन्य मन्त्रीले भने राजीनामा बुझाएका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu