site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लिभिङ टुगेदर’मा थिइन् मृत भेटिएकी गायिका दिलमाया : ३ बजेसम्म कोठामै रहेको मोबाइल भेटिएन
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल अझै फेला परेको छैन । प्रहरीले उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।

Agni Group

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन । मोबाइल समेत फेलापरेको छैन । त्यसैले उनले आफैँले स्टाटस लेखिन् वा अरू कसैले भन्नेमा पनि प्रहरी अनुसन्धानकेन्द्रित छ ।

मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठाबाहिर देखिएको बताइएको छ ।

Global Ime bank

सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ । अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एकपटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यति बेला पनि सूर्य श्रेष्ठसँगै थिए ।

प्रहरीले प्राविधिक पाटोबाट घटनाको अनुसन्धान अगाडि बढाएको छ । सूर्यको मोबाइल, उनको उपस्थितिलगायत विषयलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी थिइन् । उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । विवाहित थिइन् । तर, पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC