site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङलाई ‘पहिलो गाँसमै ढुंगा’
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको पहिलो बैठकमा गरिएको सात बुँदे निर्णय सार्वजनिक भएको छ । उक्त निर्णय लगत्तै नवनिर्वाचित अध्यक्ष नेम्वाङ विवादमा मुछिएका छन् । 

सार्वजनिक निर्णयको पहिलो बुँदामा लेखिएको छ, “अध्यक्ष पंकजविक्रम नेम्बाङ्गको प्रस्तावमा अखिल नेपाल फुटबल संघको आगामी कार्यकाल (चार वर्ष)का लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डेलाई नियुक्ति गर्ने निर्णय पारित गर्ने निर्णय गरियो ।”

हुन त यो बुँदामा गरिएका निर्णय हुने अनुमान पहिले पनि थियो । तर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा पाण्डेको नियुक्ति भने विवादस्पद बन्यो । जुन स्वभाविक पनि हो । पाण्डे नेपालमा जन्मिएका हुन् । तर, अहिले उनीसँग जर्मनीको नागरिकता छ । त्यसकारण उनी विवादमा मुछिएका हुन् । अघिल्लो पटक तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमु्खमा नियुक्त गर्दा पनि विवाद भएको थियो । त्यहीकारण त्यतिबेला पाण्डेले पद छाड्नु परेको थियो । र, विस्तारै शेर्पाको टिममा फाटो आउँदै गएको थियो । अहिले शेर्पा नेतृत्वबाट बाहिरिएका छन् । 

KFC Island Ad
NIC Asia

त्यतिबेला टासी घलेले चर्को विरोध गरेका थिए । नेम्वाङले पनि घलेको आवजमा आवाज मिलाएका थिए । तर, अहिले उनीहरू नेतृत्वमा पुग्दा त्यही कुरा सही भएको छ । 

“यो कुरा नेपाली कानुनले दिँदैन । एन्फाको विधानले पनि दिदैँन र नेपालको श्रम कानुनले पनि मिल्दैन । एनआरएन भएपछि नेपाल आउन जान सहज हुनेमात्र हो । उनलाई यहाँ बसेर काम गर्ने सुविधा कानुनले दिँदैन,” अघिल्लो कार्यसमितिका एक पदाधिकारीले प्रश्न गरे, “हिजो उहाँहरूले विरोध गर्नु भएको थियो । आज आफैंले उहाँलाई नियुक्त दिनु भएको छ । आफूले गर्दा ठिक, अरुले गर्दा बेठिक हुने हुन्छ र ?”

Royal Enfield Island Ad

एन्फाका महासचिव किरण राईले विधानसम्मत नभएको भन्न नमिल्ने बताए । उनले ‘भोलिन्टियरिङ’ कमिटी भएका कारण पाण्डेको नियुक्तिमा धेरै विवाद गर्नु पर्ने अवस्था नरहेको जकिर गरे । “विधानतः एन्फाको एक्जिक्युटिङ कमिटीमा विदेशी रहन नहुने भन्ने हो । तर, उहाँको पद त्यस्तो होइन । सल्लाहकारजस्तो भूमिका भएकाले धेरै फरक पर्छ भन्ने लाग्दैन,” महासचिव राईले बाह्रखरीसँग भने, “हाम्रो टेक्निकल डाइरेक्टर विदेशी छन् । मुख्य प्रशिक्षक विदेशी छन् । त्यसकारण सल्लाहकारको भूमिका हुने भएकाले त्यसमा धेरै विवाद गर्नुपर्छ जस्तो लाग्दैन ।”

अघिल्लो पटक शेर्पा र नेम्वाङ एउटै कित्तामा थिए । शेर्पा, नेम्वाङ र पाण्डे एकै कित्तामा उभिएर चुनावमा होमिएका थिए । अहिले त्यही टिम फुटेर एक अर्काविरुद्ध चुनावमा होमिएका थिए । चुनावमा नेम्वाङलाई पाण्डेको साथ थियो । पाण्डेसँगै यस चुनावमा पूर्वअध्यक्ष गणेश थापाले पनि नेम्वाङलाई साथ दिएका थिए । अहिलेको कार्यसमितिमा पूर्वअध्यक्ष थापा पक्षको पनि बलियो उपस्थिति छ । 

थापाले पनि शुक्रबार फेसबुकमा स्टाटस लेखेका छन्, “एन्फाको कार्यसमितिको पहिलो बैठकबाट अन्यायमा परेका राष्ट्रिय खेलाडीलाई टिममा फिर्ता बोलाउने कुरा स्वागतयोग्य छ । एन्फाको विधान धारा २४ को ३ विपरित विदेशी नागरिकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा गरिएको नियुक्ति गलत छ । अवैधानिकरूपमा गरिएको निर्णय सच्याउनु पर्दछ ।”

थापाले विधानको फोटो राखेरै पाण्डेको नियुक्ति अवैधानिक भएको प्रष्ट पारेका छन् । एन्फा विधानको धारा २४ मा निर्वाचित वा मनोनीत हुने व्यक्तिको योग्यताको बारेमा लेखिएको छ । धारा २४ को उपधारा ३ को ‘क’मा ‘गैरनेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्ने छैनन्’ लेखिएको छ । 

पाण्डेको नियुक्ति मात्र होइन । खेलाडी विवादका विषयमा पनि एन्फाले गरेको निर्णय सैद्धान्तिक रुपमा गलत छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जसरी खेलाडीलाई व्यवहार गरेर निस्कन भनेका थिए । त्यो गलत थियो । तर, त्यो गलत थियो भन्दैमा अहिले एन्फाले गरेको निर्णय पनि सैद्धान्तिक रुपमा गतल छ । 

एन्फा निर्णयको ४ नम्बर बुँदामा भनिएको छ, “राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र, प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो ।”

एन्फाको यो निर्णयले खेलाडीलाई न्याय मिलेको होला । एन्फाले अल्मुताइरीलाई हटाएर अर्को प्रशिक्षक नियुक्त पनि गर्ला । तर, त्यससँगै एन्फाले निर्णयमा गरेको भाषाले त्यही प्रशिक्षकको हक पनि खोसेको छ । कुन खेलाडीलाई राख्ने कुन खेलाडीलाई हटाउने त्यो प्रशिक्षकको हातको कुरा हो । प्रशिक्षकले कस्तो रणनीति अपनाउँछन् र त्यो रणनीतिमा जुन खेलाडी फिट हुन्छ त्यही खेलाडी टिममा राख्ने हो । त्यसकारण एन्फाले टिमबाट बाहिरिएका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय सैद्धान्तिक रुपमा गलत छ । बन्द प्रशिक्षणमा बेलाउने भनेको भएसम्म ठिकै हुन्थ्यो । तर, निर्णयमा प्रयोग गरिएको भाषाले अब आउने प्रशिक्षकको अधिकारमा सिधा हस्तक्षेप गर्नेछ । 

कार्यसमितिको पहिलो बैठकले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को चुनावमा नेपालका तर्फबाट एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई उपाध्यक्षमा उठाउने निर्णय गरेको थियो । 

साफको विधानअनुसार कंग्रेसभन्दा दुई महिनाअगावै उमेदवारी  दिइसक्नुपर्ने हुन्छ । उमेदवारी फिर्ता लिन जुनसुकै समयमा पनि पाइने व्यवस्था रहे पनि दर्ता गराउन भने दुई महिनाको समयसीमा तोकिएको छ । आगामी जुलाई २ मा बंगलादेशको ढाकामा हुने साफ कंग्रेसका लागि वैधानिक व्यवस्थाअनुसार समयसीमा घर्किइसकेकाले जोशीको उमेदवारी कायम हुने सम्भावना न्यून छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro