site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गभर्नरमा विश्व पौडेलको नाम पहिलो नम्बरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले विश्व पौडेलको नाम एक नम्बरमा सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले सूचीको पहिलो नम्बरमा पौडेलको नाम सिफारिस गरेको हो ।

समितिले तीन जनाको नाम सिफारिस गरेको छ । निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम पनि सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । सिफारिस नाममध्ये मन्त्रिपरिषद्को बैठकले एक जनाको नाम अनुमोदन गर्नेछ । 

सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पौडललाई गभर्नर बनाउने सहमति भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्