site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपालमा निजी क्षेत्रका वायुसेवा सञ्चालकहरूले आज बुधवारदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएका थिए । धन्न, उनीहरूले आफ्नो घोषणा कार्यान्वयन गरेनन् नेपाली जनताले अर्को सास्ती भोग्नु परेन । 

नागरिक उड्डयन प्राधिकरणले विमानहरूको काठमाडौंबाहिर स्थानान्तरण गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि वायुसेवा सञ्चालकहरूले असन्तुष्टि प्रकट गरेका थिए । निजी क्षेत्रबाट सञ्चालित केही  कम्पनीका विमानलाई बाहिर बास राख्ने निर्देशन प्राधिकरणले दिएको थियो ।

KFC Island Ad
NIC Asia

प्राधिकरणले आवश्यक भौतिक पूर्वाधारविना र परामर्शसमेत नगरी एकपक्षीयरूपमा निर्देशन दिएको भन्दै वायुसेवा सञ्चालकहरू असन्तुष्ट भए । प्राधिकरणको निर्देशनका विरोधमा उनीहरूले बुधवारदेखि नै हवाई उडान बन्द गर्ने धम्की पनि दिएका थिए ।

प्राधिकरण पनि निर्णय कार्यान्वयन गर्ने अडानमा रह्यो । यसैले हवाई सेवा नै ठप्प भएर विशेषगरी दुर्गम भेगका जनताले बढी सास्ती पाउने हुन् कि भन्ने सन्देह उत्पन्न भएको थियो ।  

Royal Enfield Island Ad

वायुसेवा सञ्चालकहरूका अनुसार प्रधानमन्त्रीले उनीहरूको मर्काप्रति चासो देखाएकाले हवाई सेवा नरोकिएको हो । त्यसो त हवाई सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने हुनाले बन्द गर्नु कानुनतः दण्डनीय अपराध हुन्छ । 

वास्तवमा स्थिति यसरी तनावपूर्ण नै हुनु हुँदैनथ्यो । प्राधिकरणले पूर्वाधार तयार नगरी वायुसेवालाई दबाबमात्र दिएको हो भने त्यो सही भएन । पहिले बाहिरका विमानस्थलमा जहाज बास राख्न मिल्ने भौतिक पूर्वाधार तयार गरेरमात्र वायुसेवा कम्पनीहरूलाई निर्देशन दिनु उचित हुनेछ ।

वायुसेवा सञ्चालकहरूले कारबाहीको डरले नै भए पनि सदाशय देखाएर उडान रोक्ने अडान छाडे । अब प्राधिकरण पनि लचिलो हुनुपर्छ । भौतिक पूर्वाधार तयार गर्ने र वायुसेवालाई समय दिने विषयमा दुवै पक्षले छलफल गरेर बार्यान्वयन कार्यतालिका बनाउनु उचित हुनेछ । 

सरकारले तयार गर्नुपर्ने पूर्वाधार नबनाउने तर वायुसेवा कम्पनीहरूलाई दबाब दिने गर्नु न्यायोचित होइन । जग्गा वर्गीकरणका मामिलामा जस्तै सरकार यसमा पनि चुकेको देखियो । जग्गाको निर्णय अदालतले सच्यायो । यो निर्णय प्राधिकरणले नै पुनर्विचार गरोस् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १४:३४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro