site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्ची खानेपानी फेरि अन्योलमा : हेडबक्स सार्ने/नसार्नेबारे एडीबीले गृहकार्य गर्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यका आउनेबारे फेरि अन्योल बढेको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य दातृसंस्था एसियाली विकास बैंक (एडीबी)ले खानेपानीको हेडबक्स सार्ने वा नसार्नेबारे गृहकार्य थालेपछि अन्योल बढेको हो । 

एडीबीले बाढीको जोखिममा रहेको मुख्य हेडबक्स सार्ने वा नसार्नेबारे गृहकार्य गरिरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले एडीबीले पहिलो चरणको काम सकाएर दोस्रो चरणमा हेडबक्स सार्ने वा नसार्नेबारे गृहकार्य गरिरहेको जानकारी दिए ।

“अबको तीन–चार महिनामा एडीबीको दोस्रो चरणको प्रतिवेदन हेडबक्स सार्ने/नसार्ने भन्नेबारे प्रतिवेदन आउँछ । पुरानै हेडबक्सलाई मर्मत गरेर चलाउने वा ‘पुरानो काम लाग्दैन लोकेसन चेन्ज गरेर नयाँ बनाउनुपर्छ’ भन्नेबारे प्रतिवेदन आउने हो,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एडीबीको सो प्रतिवेदन डिसेम्बरसम्ममा आउने समितिले जनाएको छ । कुँवरका अनुसार एडीबीको काम नै दुई चरणमा रिपोर्टिङ गर्नुपर्ने थियो । पहिलो चरणमा के कति कारणले बाढी आएको थियो र दोस्रो चरणमा हेडबक्स सार्ने वा नसार्नेबारे एडीबीले गर्नुपर्ने काम रहेको कुँवरले स्पष्ट पारे । 

हेडबक्स सार्नुपर्ने प्रतिवेदन आएको खण्डमा थप १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, हेडबक्स सार्न ठुलो चुनौती रहेको पनि समितिले जनाएको छ । 

Global Ime bank

“पहिलो चरणको काम सकाएर दोस्रो चरणमा हेडबक्सको बारेमा गृहकार्य भइरहेको छ । एडीबीले हेडबक्स सार्ने वा नसार्नेबारे गृहकार्य गरिरहेको अवस्थामा पनि वर्षायाम सकिने बित्तिकै पानी काठमाडौं आउनेमा शंका छैन,” कुँवरले भने । 

एडीबीले अध्ययन गरेर निकालेको प्रतिवेदन खानेपानी मन्त्रालयमा पठाइनेछ । प्रतिवेदनअनुसार मन्त्रालयले हेडबक्स सार्ने नसार्नेबारे निर्देशन दिनेछ । 

मेलम्ची खानेपानी आयोजना अन्तर्गत १९ वटा हेडबक्स रहेका छन् । मेलम्ची रिमाथान र पेमदान मुनिको पहाड पहिरोको जोखिममा छ । जहाँ हेडबक्ससहितका संरचनाहरू रहेका छन् ।

सरकारले यांग्री र लार्केको पानी पनि मेलम्ची मै मिसाएर सोही हेडबक्सबाटै काठमाडौंमा बढी पानी ल्याउने प्रयोजनले हेकबक्स निर्माण गरेको थियो । 

समितिका अनुुसार पुनः मेलम्चीमा पहिलेजस्तै बाढी आउने गरी ठुलो पानी परेको छैन । यद्यपि, मेलम्चीमा पानीको सतह भने केही बढेको छ । यसले खानेपानीका टनेलमा कुनै पनि किसिमको असर नपार्ने पनि कुँवरले बताए ।

सबै टनेलहरू एक नम्बर गेटबाटै बन्द गरेको हुनाले वर्षायाममा पानी टनेलभित्र जाने सम्भावना छैन । बाढीले पुनः क्षति पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै जेठ १९ गते सबै टनेल बन्द गरेको थियो । 

एडीबीले गरेको प्रथम प्रतिवेदको मस्यौदामा समितिले टिप्पणी पठाएको छ । 

गत असार १ गते मेलम्चीमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुर्‍याएको थियो । बाढीपछि मेलम्ची खानेपानीको आयोजनामा थुप्रिएका गेग्रान र लेदो पन्छाउन करिब १ वर्ष लागेको थियो । खानेपानीका दुई वटा हेडबक्स खोतलेर अस्थायी रूपमा गत चैत २९ गतेदेखि काठमाडौंमा पानी वितरण थालिएको थियो ।

करिब २२ वर्षको प्रतिक्षापछि उपत्यकावासीले मेलम्चीको पानी पिउन पाएका थिए । २०७८ चैत १५ गतेदेखि उपत्यकावासीका धारा–धारामा मेलम्चीको पानी पठाइएको थियो । 

पानी पठाएको तीन महिनापछि परीक्षणका लागि बन्द गर्ने तयारी हुँदा बाढीले क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएको पानी चैत मसान्तभित्र काठमाडौं झारिसक्ने सरकारको घोषणा अनुरूप पानी आएको थिएन । 

एडीबीले अध्ययन थालिरहेको बेलामा सरकारले काठमाडौंमा हतार–हतार पानी ल्याएको विज्ञहरूले बताउँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC