site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेट पूर्व तीन तहका सरकार, विज्ञ र स्थानीयसँग भरतपुर महानगरको छलफल
SkywellSkywell
Dabur Nepal
NIC Asia

चितवन । भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाले शुक्रबार दिनभर गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक छलफलमा पूर्वप्रधानमन्त्री, सङ्घीयमन्त्री, सङ्घीय मन्त्रालयका सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य मन्त्री, मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, विज्ञ तथा स्थानीयको सहभागिता थियो । स्थानीय र विज्ञका सुझाव सहित नेतृत्वमा रहेकाको आश्वासन सो अवसरमा आएका थिए । 

अघिल्लो कार्यकालमा झिनो मतान्तरबाट निर्वाचित भएकी महानगर प्रमुख रेनु दाहालले आफ्नो दोस्रो कार्यकालमा अत्याधिक मतका साथ विजयी भएपछि थपिएको चुनौतीलाई सामना गर्ने उद्देश्यले बजेट पूर्व बृहत् छलफल गरिएको हो । छलफलमा सहभागी हुन काठमाडौंबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सचिव, महानिर्देशक र कार्यकारी निर्देशकले आफू मातहतका निकायमार्फत महानगरको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा उनीहरु र स्थानीयस्तरका बुद्धिजीवीले महानगरलाई सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै उपस्थितिमा ती प्रतिबद्धता सार्वजनिक भएका हुन् । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट यही असार १० गते ल्याउँदै छ ।  
 
प्रमुख दाहालले तीन तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाको सहभागितामा गरिएको कार्यक्रममा प्राप्त भएका सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढ्ने बताइन् । उनले भनिन्, “अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजनाका लागि छलफल प्रभावकारी भयो ।” नेपालमा कुनै पनि पालिकाले बजेट पूर्व यो ढङ्गको कार्यक्रम नगरेको भन्दै उहाँले थप्नुभयो, “हामीले तीन तहका सरकारका कार्यक्रम नजुध्ने गरी योजनाबद्ध विकासका लागि छलफल चलाएका हौँ ।”
 
विगतमा भएका उपलीब्धको समीक्षा गर्दै राम्रो कामलाई संस्थागतरुपमा अघि बढाउने र कमीकमजोरीलाई शिक्षाका रुपमा लिएर अघि बढ्ने उनको भनाइ छ । महानगरले विगतदेखि सञ्चालनमा रहेका महत्वपूर्ण आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना अघि बढाउने गरी छलफल चलाइएको उनले बताइन् । दाहालले आफ्नो निर्वाचनको समयमा घोषणापत्रमा समावेश गरिएका महत्वपूर्ण कार्यक्रमलाई आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना अघि सारेकी छन् । यस अघि महत्वकांक्षी भनिएका आयोजना निकै जोडबलका साथ अघि बढेपछि दाहाललाई थप ऊर्जा प्राप्त भएको छ ।
 
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका प्रबुद्ध व्यक्तित्वको सुझावलाई आत्मसात् गर्दै बजेट निर्माण गर्ने बताए । कतिपय विषयलाई अहिलेकै बजेटमा समेट्न सकिने भन्दै उनले कतिपय योजना बहुवर्षीयरुपमा अघि बढाउनुपर्ने रहेको बताए । 
 
    

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu