विदेश
किभ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्यान्डबाट किभ जाने रेलमा चढेको एएफपी संवाददाताले जनाएका छन् ।
एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले किभको भ्रमण गरेको यो पहिलोपटक हो ।
उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्नेछन्, । किभले ईयूको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्