site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, आठ घाइते
प्रतीकात्मक तस्बिर ।

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु भएको छ । आठजना घाइते छन् ।

प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समयानुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो । त्यहाँ एउटा चेकपोस्टलाई निसाना बनाइएको थियो ।

१२ जनाको शव सनाखत गरिएको छ । चारजनाको पहिचान हुन बाँकी छ । स्रोतका अनुसार, घाइतेलाई तुरुन्तै अर्धसैनिक बलको फ्रन्टियर कोर ट्रेनिङ सेन्टरमा उपचारका निम्ति लगिएको थियो ।

सेनाले रकेट लन्चर र अरू उपलब्ध हतियार प्रयोग गरेर आक्रमणको प्रभावकारी रूपमा जवाफ दिएको थियो । पाकिस्तानी सेनाले आक्रमणकारीका बारेमा आधिकारिक बयान जारी गरेको छैन । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro