site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीमा क्रिसमस बजारमा आक्रमण : पाँचजनाको मृत्यु, २०० भन्दा बढी घाइते 

म्याग्डेबर्ग । जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । २०० भन्दा बढी मानिस घाइते भएका स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरे ।

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो ।

चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको भयानक आक्रमणबारे जर्मनीले उचित कानुनी दण्डद्वारा जवाफ दिने’ प्रतिबद्धता व्यक्त गरे ।

जर्मनीमा आप्रवासन र सुरक्षाका विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका निम्ति आह्वान गरेका छन् ।

चान्सलरले भने, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ । तर, आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौँ, के यो घृणा होइन ?” 

उनले अगाडि भने, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।” रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro