site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलमा यी हुन् उत्कृष्ट (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा ओमोडा ई–५ पाएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन् । नेपाली बजारमा यो गाडीको प्रतिमूल्य ६२ लाख रुपैयाँ कायम छ ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउँदा उनले अलराउन्ड प्रदर्शन गर्दै नौ खेलमा २२७ रन र नौ विकेट लिए । फाइनलमा उनको टोली सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने सुदूरपश्चिमकै सैब जैब चुनिए । अलराउन्ड प्रदर्शन गरेका जैबले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाए । उनले ब्याटिङतर्फ नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाए । बलिङतर्फ १२ विकेट लिएका थिए ।

यस्तै, ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने । कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बने । उनले अल्ट्राभोयलेट एफ७७ मोडलको एउटा मोटरसाइकल प्राप्त गरे ।

थप तस्बिर हेर्नोस्–

n9-1734783444.jpg

n10-1734783444.jpg

n7-1734783443.jpg

n8-1734783443.jpg

n5-1734783442.jpg

n6-1734783442.jpg

n3-1734783441.jpg

n4-1734783441.jpg

n1-1734783440.jpg

n2-1734783440.jpg

n21-1734783491.jpg

n19-1734783490.jpg

n20-1734783490.jpg

n16-1734783488.jpg

n18-1734783489.jpg

n15-1734783488.jpg

n13-1734783487.jpg

n14-1734783487.jpg

n12-1734783486.jpg

n11-1734783486.jpg

n23-1734783519.jpg

n22-1734783519.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro