site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोजाम्बिकमा आँधी, ७६ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।
Dabur Nepal
NIC Asia

मापुटो । फ्रान्सेली द्वीप समूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको नेसनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले शनिबार जनाएको छ ।

हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशंका गरिएको छ । मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसंख्याका निम्ति अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro